नयां बेलायती चार्ज डि अफेयर्सको सम्मानमा रात्रीभोज

10487642_10153225991457940_1889272663_n

लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) ले नेपालका लागि नवनियुक्त बेलायती चार्ज डि अफेयर्स जोन रेन्किनको सम्मानमा एक रात्रीभोज आयोजना गरेको छ । बीएनसीसीले गत बुधवार सांझ मन्टिज रेष्टुरेन्ट, लन्डनमा कार्यक्रम गरेको हो ।

रात्रीभोजमा बेलायतको परराष्ट्र मन्त्रालयकी डेस्क अफिसर क्याथरिन बासा लगायत कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ), ब्रिटेन नेपाल सोसाइटी (बीएनएस्) र बीएनसीसी पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा चार्ज डि अफेयर्स जोन रेन्किनले नेपालका लागि नयां जिम्मेवारी पाएकामा खुशी व्यक्त गर्दै बेलायत र नेपालको द्धिपक्षीय व्यापार प्रवद्र्धनमा आफूले सक्दो पहल गर्ने बताएका थिए । उक्त अवसरमा यसै वर्षको अन्त्य वा आगामी वर्षको प्रारम्भतिर व्यवसायी र उद्योगीहरुको एउटा प्रतिनिधिमण्डल नेपाल लाने सम्वन्धमा समेत छलफल भएको थियो ।

बीएनसीसीको सहकार्यमा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाउनेबारे समेत छलफल भएको कार्यक्रममा सहभागी बीएनसीसी सदस्य प्रशान्त कुंवरले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री