एएफसी यु-१४ गर्लमा नेपालको जीत, इरान ३-२ ले पराजित

काठमाडौं। नेपालले एएफसी यु –१४ रिजनल च्याम्पियनशीपमा इरानलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले इरानलाई ३-२ ले पराजित गरेको हो। नेपालका लागि सरु लिम्बुले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर त्यसको दुई मिनेटमै इरानको फतेमा अमिरील बराबरी गोल गरिन् । Nepal_girl_U_14

नेपालका लागि दोस्रो र तेस्रो गोल रेखा पौडेलले गरिन। उनले खेलको ३२ औं र ४७ औं मिनेटमा गोल गरिन् । खेलको दोस्रो हाफको इन्जुरी समयमा इरानकी फतेमा गसेमीले गोल गर्दै खेल ३-२ को फुर्‍याएकी थिइन् ।

खेल पछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक किशोर केसीले इरानविरुद्धको खेल क्षमताभन्दा कमजोर भएको बताएका छन्। उनले रक्षापंक्ति कमजोर भएको भन्दै खेलमा निकै सुधार गर्न आवश्यक भएको बताएका छन्। उनले उपाधिको रक्षा गर्ने हो भने खेलमा निकै सुधार आवश्यक भएको बताएका छन्। नेपालले मंगलबार माल्दिभ्स र बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ। समूहको विजेता र उप विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री