एनपीसीसी जर्मनीको निर्वाचन तालिका सार्वजनिक

नेपाली जनसम्पर्क समिति, जर्मनीको तेश्रो अधिवेशन तयारी शुरु भएको छ । २७ जुन, २०१५ का दिन होटल होसेस्टर होफमा हुन गइरहेको अधिवेशनमा सक्रिय सहभागिताका लागि निर्वाचन समितिले आग्रह गरेको छ । निर्वाचन समितिले एक सूचनामार्फ निर्वाचन तालिका र कार्यक्रम समेत सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार, सदस्यताको लागि आवेदन दिने अन्तिम मिति २५ मे, अपरान्ह ५ बजेसम्म तोकिएको छ भने मतदाता नामावली प्रकाशन ३१ मे अपरान्ह ५ बजे हुने भएको छ । मतदाता नामावलीमा दावी विरोध ३ जुनसम्म गर्न समयसिमा तोकिएको छ ।

त्यसैगरि, अन्तिम मतदाता नामावली प्रकाशन ५ जुन, उम्मेदवारी मनोनयन पत्र दर्ता १० जुनका दिन दिउसो एकबजे देखि अपरान्ह ५ बजेसम्म, उम्मेदवारीको नामावली प्रकाशन ११ जुन, उम्मेदवारीको नामावलीमा दावी विरोध १२ जुन, उम्मेदवारी मनोनयन फिर्ता २५ जुन अपरान्ह ५ बजे र अन्तिम उम्मेदवारी नामावली प्रकाशन २५ जुन सांझ ६ बजे तोकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन २७ जुन सांझ ७ बजेबाट शुरु हुने जनाइएको छ ।

11169144_10153258226726197_1200573246_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री