लण्डन । बेलायत र ब्रुनाइबाट गोरखा सैनिकहरु भुकम्प पीडितहरुको उद्दारका लागि नेपाल जाने भएका छन् ।
ब्रिगेड अफ गोरखाजको विश्वस्त स्रोतका अनुसार बेलायत र ब्रुनाइबाट १०० भन्दा बढी गोरखाहरु उद्धारका लागि नेपाल जाने भएका छन् । मेडिस्टोनस्थित क्वीन्स गोरखा इन्जिनियर्स (क्युजीइ) र ब्रुनाइस्थित फस्ट सेकेण्ड गोरखा राइफल्स र बेलायतकै सनक्लिफस्थित सेकेण्ड सेकेण्ड गोरखा राइफल्सबाट पहिलो चरणमा गोरखाहरु नेपाल जाने छन् ।
स्रोतका अनुसार सेकेण्ड सेकेण्ड गोरखा राइफल्सबाट ६५ जना गोरखा सैनिकहरु मंगलबार नेपाल जाने निश्चित भएको छ । इन्जिनियर्सबाट २५ देखि ३० जना गोरखाहरु सोमबार नेपाल प्रस्थान गर्नसक्ने स्रोतले बतायाे । यस्तै ब्रुनाइबाट करिब ४० देखि ५० जना गोरखाहरु उद्दारका लागि नेपाल जाँदैछन् ।
बेलायतबाट उद्दारका लागि जाने इन्जिनियर्सका गोरखाहरु प्राविधिक र उद्दारका धेरै कामयावी हुनसक्ने अपेक्षा गरिएको छ । सोही कारण हुनसक्छ उनीहरुलाई सबैभन्दा पहिला नेपाल पठाइँदैछ ।
गोरखा इन्जिनियर्समा कार्यरत साहित्यकार समेत रहेका लाल रानाले नेपालमा उद्धारका लागि गोरखाहरु जाने करिब निश्चित भइसकेको बताए । इन्जिनियर्सको एक प्लाटुन जाने उनले बताए । आइतबार कार्यालय बिदा रहेकाले सोमबार धेरै कुरा तय हुने उनले बताए । उद्धारका लागि उपकरणहरु लाने नलाने बारेमा पनि सोमबार नै तय हुने उनले जानकारी दिए ।
यस्तैगरी, शनिबार र आइतबार बेलायतमा सरकारी कार्यालयहरु बन्द रहेका कारण सोमबार कार्यालय खुलेपछि स्थिति हेरी अन्य पल्टनबाट पनि गोरखाहरुलाई पठाइन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
यसैगरी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले अाइतबार ट्वीट गर्दै बेलायतबाट सर्च एण्ड रेस्क्यु मेडिक आइतबार राति नेपाल प्रस्थान गर्दै गरेको रोयल एयर फोर्सको जहाज र अरु थप सामग्री भोलि पठाउने बताएका छन् । बेलायतले यसअघि नै आठ सदस्सीय प्राविधिक टोली नेपाल पठाइसकेको छ भने ५ मिलियन पाउण्ड बराबरको सहयोग पनि दिने निर्णय गरेको छ ।
यस्तै, सिंगापुरले सिंगापुर प्रहरीमा कार्यरत गोरखाहरुलाई उद्दारका लागि नेपाल पठाउने निर्णय गरेको छ भने भारत, चीन, अमेरिका आदि मुलुकबाट उद्दारका लागि प्राविधिकहरु नेपाल आइसकेका छन् ।
बेलायतले उद्धारका लागि गोरखा सैनिक पठाउनुपर्ने माग गर्दै सोसल मिडियामा दबाब पनि दिन थालिएको थियो ।
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए