महाविपत्तिमा सहयोग गर्न सेफ एसोसिएसनको अपिल

462254_118873938262848_1559782051_o

लन्डन । नेपलिज सेफ एसोसिएसन यूकेले नेपालको महाभूकम्प पीडितहरुको सहयोगका लागि सबैमा अपिल गरेको छ । अध्यक्ष कृष्ण तिमिल्सिनाले एक अपिल जारी गर्दै यस्तो विपत्तिमा बेलायतवासी नेपालीलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका हुन् ।

एसोसिएसनले आर्थिक तथा राहत सामाग्री अभियान समेत शुरु गरेको छ । उसले सहयोग गर्न इच्छुक चन्दादातालाई निम्न बैंक खातामा रकम जम्मा गर्न पनि अनुरोध गरेको छ ।

 

बैंक विवरण:

NCA UK

Sort code 40-22-30 A/C no 31471287

HSBC BANK

यसैबीच, एसोसिएसन अध्यक्ष कृष्ण तिमिल्सिनाले आफ्नो एक महिनाको तलव करिब ५ लाख १५ हजार रुपैयां पीडितलाई दिने घोषणा गरेका छन् । उनले आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित आकष्मिक भेलामा उक्त आर्थिक सहयोग गर्ने वचन दिएका हुन् । साथै, तिमिल्सिनाले दूतावास अथवा अन्य निकायको पहलमा नेपाल जाने उद्दार टोली भए आफू संलग्न भएर दुई सातासम्म स्वयंसेवक भइ उद्दारमा खटिने उद्घोष समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री