हेल्प नेपालद्वारा भूकम्प पीडितलाई तत्काल सहयोगको अपील

help-nepal-network

शनिबार नेपालमा गएको ७.८ रिक्टर स्केलको विध्वंशक भूकम्पमा परी ४००० बढीको ज्यान गैसकेको अधिकारीहरुले बताइरहँदा कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कले पीडितहरुका लागि तत्काल आपत्कालिन सहयोग तथा दीर्घकालिन पुनर्निर्माणमा सघाउनका लागि सहयोग संकलन अभियान शुरु गरेको छ।

 http://www.helpnepal.net/nepal-earthquake-2015 मा गएर पेपाल मार्फत सहयोग प्रदान गर्न सकिनेछ।

अनलाईन डोनेशनको विकल्प नभएमा  सिधै या कुनै पनि मनि ट्रान्सफर एजेन्सी मार्फत तलको खातामा सहयोग जम्मा गर्न सकिनेछ

Account Name: HELP NEPAL Network

Account No: 043952P

Account type: Current

Bank Name: NB Bank Ltd.

Bank Address: Khichapokhari, New Road, Kathmandu

सबै सहयोगदाताहरुले आफुहरुले गरेको सहयोगबारे  [email protected] मा इमेल पठाएर जानकारी दिन पनि नेटवर्कले अनुरोध गरेको छ।

“विगत असी वर्ष यताको सबैभन्दा विध्वंशकारी भूकम्पका कारण लाखौं नेपाली दाजुभाइ दिदी बहिनीहरु नराम्रो संग प्रभावित भैरहनु भएका बेला संसारको जुनसुकै ठाउँमा बसेको भएपनि सक्दो सहयोग गर्नु सबै नेपालीहरुको कर्तव्य हो। त्यसैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हामी हार्दिक अपील गर्दछौ,” हेल्प नेपाल नेटवर्क युएसए शाखाका अध्यक्ष अभय श्रेष्ठले बताए।

अहिले सम्म असी हजार डलर सहयोग जुटी  सकेको र सहयोग जुट्ने क्रम जारी रहेको पनि उनले बताए

हेल्प नेपाल नेटवर्कले विगतमा पनि बाढी पहिरो तथा आगलागीबाट पीडित नेपाली जनसमुदायलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ। गत सातामात्रै सप्तरीको रामपुरा-मल्हिनियामा भषण आगलागीका कारण घरबारविहीन भएका दर्जनौं परिवारलाई हेल्पनेपाल नेटवर्कले भाँडाकुँडाधोती-साडीत्रिपाल र लुगाहरू वितरण गरेको थियो।

“हेल्प नेपाल मार्फत प्रदान गरिएको सबै सहयोग सीधै पीडित परिवार सम्म र पुनर्निर्माण कार्यमा उपयोग गरिन्छ र एक पैसा पनि प्रशासनिक काममा खर्च हुँदैन। त्यसैले मानवीय विपदको यो समयमा मन खोलेर सहयोग गर्न हामी आह्वान गर्दछौं,” हेल्प नेपाल नेटवर्क युके शाखाका कोषाध्यक्ष सचिन श्रेष्ठले भने।

सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४  मुलुकमा शाखा छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री