उलवीच स्क्वायरमा प्रार्थनासभा हुंदै

NEPAL

लन्डन । नेपालमा महाभूकम्पले दिवंगत हुनेहरुको सम्झनामा उचवीच स्क्वायरमा प्रार्थनासभा हुने भएको छ । ग्रीनवीचस्थित सम्पूर्ण नेपाली समाजको सक्रियतामा आगामी ३ मे सांझ ६ बजे उलवीच टाउन सेन्टर, उलवीच स्क्वायरमा कार्यक्रम हुन लागेको कार्यक्रम व्यवस्थापनमा खटिइरहेका मध्ये एक विनोद ज्ञवालीले जनाए ।

स्मृतिसभाका लागि ग्रीनवीच बरो काउन्सिलबाट अनुमति प्राप्त भइसकेको छ । अनुथ प्रसाईं, विनोद ज्ञवाली र फत्त थापाले कार्यक्रम व्यवस्थापन गरिरहेका छन् । ज्ञवालीका अनुसार, करिब डेढ घण्टा चल्ने कार्यक्रममा सहभागी सबैलाई सम्भव भएसम्म नेपाली झण्डा ल्याउन आग्रह गरिएको छ । त्यस सांझ एक मिनेट मौनधारण गरि दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ । सहभागीले प्रे फर नेपाल, नेपाली आमालाई जोगाउंछौं जोगाउंछौं, नेपाली जनतालाई बचाउंछौं बचाउंछौं जस्ता नारा घन्काउनेछन् । श्रद्धाञ्जली अर्पणका क्रममा झण्डा आधा झुकाइने छ ।
आयोजकले कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् । ‘नेपाल आमाले सर्वस्व गुमाएको यो पीडादायी क्षणमा हामी मृतात्माहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं’, ज्ञवालीले भने ।

कार्यक्रममा पशुपतिनाथ मन्दिर, नेपाल फोरम ग्रीनवीच, नेपाल युथ क्लव, चाल्टर्न नेपाली समाज, एवीउड समाज, हाइली स्किल्ड नेपाली समाज, कपिलवस्तु समाज, तमुधिं यूके साउथइष्ट लगायतको प्रत्यक्ष सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री