विद्यार्थीलाई अस्थायी भिजा दिन यूकेभिआइसंग आग्रह

hh

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले भिजा अवधि सकिन लागेका बेलायतस्थित नेपाली विद्यार्थीलाई अस्थायी आवासीय अधिकार दिन भिजा एण्ड इमिग्रेशनसंग आग्रह गरेको छ ।

संघले यूके भिजा एण्ड इमिग्रेशन (यूकेभिआइ) डाइरेक्टर जनरल सराह रेपसनलाई एक पत्र लेख्दै नेपालमा महाभूकम्पपछि देशको परिस्थिति असहज रहेको उल्लेख गर्दै भिजा अवधि बढाइदिन वा सबै नेपाली विद्यार्थीलाई अस्थायी आवासीय अधिकार दिन आग्रह गरेको हो । संघका अध्यक्ष महेन्द्र कंडेलको हस्ताक्षरमा प्रेषित पत्रमा महाभूकम्पका कारण राष्टसंघले करिब ८० लाख मानिस प्रभावित भएका जनाएको उल्लेख गर्दै मानवीय संकटका आधारमा त्यस्तो अधिकार मागिएको छ । भूकम्पपछि महामारीको समेत सन्त्रास बढेको अवगत गराउंदै पत्रमा देशमा सुरक्षाको प्रत्याभूति नभइन्जेल त्यस्ता विद्यार्थीलाई तत्काल नेपाल फिर्ता नपठाउन भनिएको छ ।

अध्यक्ष कंडेलले यसलाई कार्यान्वयन गराउन विद्यार्थीमार्फत पिटिसन र कानुनवीदहरुसंग परामर्श शुरु गरिने पनि जनाए ।

उता, संघले एक विज्ञप्ति जारी गर्दै राहत तथा उद्दार एवं दीर्घकालिन योजनामा सहभागी हुने अवगत गराएको छ । एनआरएनए आइसीसी मार्फत नेपालमा संघका महासचिव राजकुमार त्रिपाठीको टोलीले राहत तथा उद्दार कार्य जारी राखेको पनि विज्ञप्तिमा उल्लेख छ ।

संघको विज्ञप्तिः

२५ अप्रिल २०१५ शनिबार ( वैशाख १२, २०७२) नेपालमा गएको महाविनाशकारी भूकम्पको आज १३औ दिन सम्पूर्ण ज्ञात-अज्ञात भूकम्पबाट निधन भएका नागरिक एबम ब्यक्तिहरुको आत्माले शान्ति पाओस् भन्दै मृतक आत्महरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौ  !

श्रद्धाञ्जलिको साथसाथै  एनआरएनए यूकेले राहत उद्धार एवंम दीर्घकालिन योजनामा सहभागी हुने ब्योहरा अवगत गराउंदछौ। विपत्तिमा एकतावद्ध भएर सामना गर्दै पूनर्निमाणमा लाग्नुपर्ने आजको आबस्यकता हो। जसले, जसरी, जताबाट गरेपनि पीडित पक्षलाई सहयोग गर्नु हाम्रो धर्म हो। यीनै कुराहरुलाई मध्यनजर गर्दै एनआरएनए यूकेले निम्न कार्यहरु गर्ने संकल्प गरेको छ :

१. तत्काल राहत उद्धारको कार्य  (एन आर एन ए आइसीसीमार्फत)  नेपालमा महासचिवको टोलीले जारी राख्नेछ।

२. भूकम्प पीडितले नेपालमा संकटकाल भएको हुदा बेलायतमा अध्यानरत बिधार्थी एबम अस्थाई काम गर्नेहरुलाई बसोबास गर्ने भिसा(VISA/RESIDENT PERMIT) उपलब्ध गराउन होम अफिस (HOME OFFICE UK) संग माग गर्दै पत्रचार गरिसकेको छ र थप परामर्श कोलागी कानुनवीदहरुको टिमलाई जिम्मा दिइनेछ साथै बिधार्थीहरुसंग सहकार्य गर्दै पीटेसन लागी आवहान गरिएको छ ।

३. भूकम्पबाट ध्वस्त भएका बस्तीहरु, घर र संरचना पुन:निर्माण गर्न नेपाल सरकारलाई सुझाब दिनका लागि बेलायतको तर्फ बाट एक अन्तरक्रिया आयोजना गरी इन्जिनियर र वीज्ञ लगायतको एक समिति बनाई प्रतिबेदन तयार गराउने छ ।

४. चन्दा संकलनको कार्यलाई निरन्तरता दिंदै अक्सफाम (OXFAM) संगको साझेदारीलाई कायम नै राख्ने ।

५.  बिशेष साधारण सभाले तोकिएको समितिहरुले प्रतिबेदन नबुझाएको हुंदा आजको मिति बाट १० दिन भित्र रिपोर्ट पेश गर्नहुन अनुरोध गरिएको छ ।

६. भूकम्प पीडितहरुको लागि सहयोग गर्न प्रतिबद्धता गर्नु हुनेहरु सबै ले हाम्रो बैंक खातामा रकम हस्तान्तर गरिदिनु हुन अनुरोध छ:

Bank Details:

BARCLAYS BANK

NRNA UK

Sort code: 20-42-73

Account no.: 43997871

धन्यवाद !

भवदीय,

महेन्द्र कंडेल

अध्यक्ष

एन आर एन ए यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री