भूकम्प पीडितको सहयोगार्थ क्याम्ब्रिजसायरमा चरणवद्ध सहयोग संकलन

help N

लण्डन । भूकम्पमा परेका नेपालीहरुलाई सहयोग गर्न र नेपालको पुनर्निर्माणका लागि क्याम्ब्रिजसायरमा रहेका नेपालीहरुले सहयोग संकलन कार्यक्रम जारी राखेका छन् ।
मे ३ का दिन ग्राण्ड अर्केड क्याम्ब्रिजबाट अक्सफाम जीबीसितको सहकार्यमा सहयोग संकलन शुरु भएको थियो । सो दिन १ हजार ६०० पाउण्ड संकलन भएको थियो । सो रकम अक्सफाम जीबीलाई हस्तान्तरण गरिएको छ ।
यसैगरी, मे ९ तारिखका दिन क्वीन इडिथ चापेलमा सहयोग संकलनार्थ च्यारिटी टी कार्यक्रम गरियो । कार्यक्रममा क्याम्ब्रिजका मेयर काउन्सिलर जेरी बर्ड, फुनबर्न डिस्ट्रिक्ट काउन्सिलर लगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वयंसेवकहरुले चिया, केक उपलब्ध गराएका थिए भने नेपाली हस्तकलाका सामग्रीहरुको बिक्री पनि गरिएको थियो । भूकम्पका बारेमा स्लाइड प्रदर्शनी समेत गरिएको सो दिन १ हजार २०१ पाउण्ड सहयोग संकलन भएको थियो । सो रकम हेल्प नेपाल नेटवर्कलाई प्रदान गरिएको छ ।
यस्तै, एंगिला रस्किन विश्वविद्यालयमा अध्ययनरत नेपालीहरुले मे ८ का दिन भूकम्प पीडितका सहयोगार्थ केक बेचेर ३०० पाउण्ड संकलन गरेका छन् ।
यसैगरी, क्याम्ब्रिजसायरमा बसोबास गर्ने नेपालीहरुले मे ३० तारिखका दिन आब्री कम्युनिटी हलमा च्यारिटी डिनरको आयोजना गर्दैछन् । नेपाली, थाइ, फिलिपिनो खाना उपलब्ध हुने सो कार्यक्रममा आर्जित रकम हेल्प नेपाल नेटवर्कलाई दिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री