अर्को शक्तिशाली भूकम्पमा मर्ने ४२ पुगे

Armed_Police_Rescue_20150512062508

काठमाण्डौं । मंगलबार दिउसो गएको ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या ४२ पुगेको नेपाली अधिकारीहरुले जनाएका छन् । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभर १ हजार १ सय १७ जना घाइते भएका छन् ।

सगरमाथा नजिक नाम्चे बजारबाट ६८ किमी टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा बढी क्षति भएको आंकलन छ । ८ हजार बढिको ज्यान जाने गरि तीन साता अघि गएको भूकम्पको त्रास र पीडा सेलाउन नपाउंदै मंगलबार मध्यान्हको भूकम्पले मानिसहरुमा थप सन्त्रास थपिदिएको छ । मानिसहरु खुल्ला चौरमा आश्रय लिइरहेका छन् ।

प्राप्त खवर अनुसार, दोलखामा १९ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो । रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रेमा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री