फालमथका नेपालीले गरे च्यारिटी

988536_998511080192204_2926841134261348128_n

लन्डन । नेपलिज गोर्खा कुजिन फालमथले नेपालमा भूकम्प पीडितको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।

१० मे आइतबार नेपाल निड्स यू नाम दिइएको उक्त च्यारिटी बफेट डिनरबाट ४ हजार एकसय तीन पाउण्ड संकलन भएको रेष्टुरेन्ट सञ्चालक इश्वर श्रेष्ठले जनाए । आर्थिक संकलन अभियान जारी रहेको पनि श्रेष्ठले जनाएका छन् ।

संकलित रकम अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा आश्रय निर्माणका लागि खर्च गरिने च्यारिटी डिनर संयोजक अजय श्रेष्ठले जनाए । विदेशीको उल्लेख्य सहभागिता रहेको उक्त च्यारिटी डिनरमा एकसय ९६ जना सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री