बेलायतमा मुक्तक प्रतिष्ठान गठन

लण्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायतको अध्यक्षमा दुर्गाप्रसाद पोखरेल चयन भएका छन् ।

इलिङ लण्डनमा भएको साहित्यकारहरुको भेलाले पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा सागर सिलवाल, महासचिवमा बिरु राई र कोषाध्यक्षमा सबि श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा राज श्रेष्ठ, राजन श्रेष्ठ र प्रतिमा केसी तथा सल्लाहकारमा रुपक श्रेष्ठ चुनिएका छन् ।

भेलामा प्राध्यापक सन्जीव उप्रेती र अर्चना थापाको पनि उपस्थिति थियो ।

भेलामा नारायण गाउँले, भोज बराल, रुपक श्रेष्ठ, सुमल गुरुङ, राज श्रेष्ठ, सबि श्रेष्ठ, राजन श्रेष्ठ, सागर सिलवाल, बिरु राई, दुर्गाप्रसाद पोखरेल, जगन्नाथ अधिकारी र रन्जित बस्नेत लगायतको उपस्थिति थियो  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री