हेल्प प्लिज्

11246181_1041687149192755_3238433483044736327_o

लन्डन । महाविपत्तिपछि देश रोइरहेको अवस्था छ । हेर्दाहेर्दै आफ्नो मातृभूमि मरभूमिमा परिणत भएको देख्दा नरुने नेपाली को होला । यस्तो विपदका बेला प्रवासमा बस्ने नेपालीले आ आफ्नो हैसियत अनुसार चन्दा संकलन जारी गरेका छन् । फण्ड रेजमा यसपटक कुनै वर्ग, उमेर वा जातले छेकेन । बेलायतमा भएका असंख्य कोषअभिवृद्धि कार्यक्रम मध्ये निरमाया रोधीघरमा आयोजित लाली गुरांस व्याण्ड च्यारिटीमा सहभागी यी तीन किशोरी नेपालका भूकम्प पीडितको सहयोगार्थ आर्थिक संकलनमा जुटिरहेका छन् । उनीहरुको अनुनय थियो, हेल्प प्लिज्, प्रे फर नेपाल । बेलायतका चर्चित फोटोग्राफर मिलन तमुले उनीहरुको अपिल आफ्नो क्यामेरामा कैद गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री