आकर्षक ब्याजको प्रलोभनमा सयौं गोर्खा ठगिएको चिन्ता

गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती 
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी

गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती 
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । तस्विरः अलामी

लन्डन । सिटी अफ लन्डन पुलिसले मासिक ५ प्रतिशत व्याज दिने क्यापिटल वोर्ल्ड मार्केट (सिडब्लुएम) को प्रलोभनमा सयौं गोर्खा ठगिएको हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।

नगद लगानीपछि उच्च व्याज दिने उक्त कम्पनीको प्रलोभनमा केही गोर्खाले पेन्सन र वचत गरि राखेको हजारौं पाउण्ड गुमाएको उल्लेख गर्दै ठगिएका गोर्खाको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीलाई उधृत गर्दै बेलायती अखवार दि टेलिग्राफले जनाएको छ । पत्रिकाले आफ्नो अनुसन्धानपछि लेखेको छ, ‘लोभलाग्दो मार्केटिङ प्रस्तुति र ग्लोसी क्याटलग बांडेर गोर्खाहरुलाई सजिलै फंसाइएको छ ।’

समकक्षी ब्रिटिश आर्मीले पाउने तुलनामा धेरै न्यून पेन्सन पाइरहेका भूपू गोर्खामाझ लगानीपछि आकर्षक ब्याज (हाइ यिल्ड इन्भेष्टमेन्ट) को अवसरबारे छिट्टै हल्ला 
फैलिएको विश्वास गरिएको छ । गोर्खाहरुको साहस र इमान्दारितालाई बेलायती 
राजपरिवार देखि सर्वसाधारण जनतासम्मले उच्च प्रशंसा गर्ने गरेका छन् । ति सोझा गोर्खाको इमान्दारिता र विश्वासको फाइदा उठाएर फर्जी काम भएको अनुमान छ । गोर्खाहरु ब्रिटिश सेनामा प्रवेश गरेको दुईसय वर्ष गांठ मनाउने तयारी भइरहेको छ ।
प्रहरीले कम्पनीको छलबाट शिकार भएका ६० जनालाई यसबारे लिखित रुपमा अवगत गराइसकेपनि यो संख्या सयौं बढि हुने चिन्ता छ ।

सिटी अफ लन्डन पुलिसले मनि लउन्डरिङ (अपचलन) तथा झुटा आश्वासन बांडेको आरोपमा सिडब्लुएम आवद्ध १३ जनालाई पक्राउ गरि पछि सेप्टेम्बरसम्मका लागि जमानतमा छाडेको छ । अनुसन्धानका लागि फाइनान्सियल कन्डक्ट अथोरिटीको सहयोगमा प्रहरीले कम्पनीका कम्प्युटर र अन्य कागजात समेत जफत गरेको टेलिग्राफले जनाएको छ ।

सिटी अफ लन्डन पुलिस डिटेक्टिभ चिफ इन्सपेक्टर डेभिड म्यान्लेले त्यो कम्पनीमा लगानी गर्ने गोर्खा तथा नेपाली समुदायबाट थप जानकारी खोजिरहेको बताएका 
छन् । यदि यसबारे कसैलाई थाहा भए जानकारी दिन आग्रह गर्दै डेभिडले त्यो व्यक्ति र सूचनाबारे गोप्य राखिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री