अन्तर्राष्ट्रिय सेमिनारले बनायो डा.

  • 1912496_467371830063478_2033737004586964854_o

    लन्डन । सन् २००७ जुलाई २१ देखि २३ सम्म शिक्षा सम्वन्धि अन्तर्राष्ट्रिय सेमिनार हुंदै थियो युनिभर्सिटी कलेज लन्डन, इन्सटिच्युट अफ एजुकेशन लन्डनमा । १३२ देशका शिक्षावीद, अनुसन्धानकर्ता तथा सरकारी अधिकारी सहभागी हुने उक्त सेमिनारमा भाग लिन आउने एकजना भाग्यमानी नेपाली थिए मिन रानाभाट ।

    सेमिनारमा उनले नेपालको विद्यालय शिक्षाबारे कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्र मुल्यांकन गर्न तीनजनाको प्यानल थियो । प्यानल आवद्ध प्राध्यापकहरु रानाभाटको प्रस्तुति तथा क्षमता देखेर औधि प्रभावित भए । पछि उनीहरुले प्रस्ताव गरे, रानाभाटजी यही युनिभर्सिटीमा अध्ययन गर्नु ।

    सेमिनार सकिएपछि नेपाल फर्केर अध्ययन गर्ने आंट गरे उनले । सन् २००८ मा अध्ययनका लागि बेलायत आएका रानाभाट अहिले डा. रानाभाट भइसकेका छन् । समाजसेवा र राजनीतिबाहेक उनको शैक्षिक योग्यता र सीप नेपालमा समेत सदुपयोग भइरहेको छ । नेपालको विद्यालय शिक्षाको स्तर सुधारमा उनको योगदान कम छैन् ।

    सन् २००९ मा आफू अध्ययन गर्ने विश्वविद्यालयको विद्यार्थी युनियन निर्वाचनमा पहिलो पटक प्रत्यक्ष निर्वाचित हुने नेपाली विद्यार्थी भए रानाभाट । यो निर्वाचनले रानाभाटलाई एमफिल, पिएचडी अध्ययनका लागि अर्को ढोका खुल्यो । उक्त निर्वाचित पदबाट रानाभाटले एक वर्ष निशुल्क अध्ययन गर्ने अवसर पाए भने त्यहांबाट प्राप्त पारिश्रमिकले थप अध्ययनमा सहयोग गर्यो । चार वर्षे पिएचडीको अन्तिम दुई वर्ष मात्र उनको परिवारले अध्ययन खर्च धान्यो ।

    विद्यावारिधी अध्ययनका क्रममा रानाभाटले विश्वका स्तरिय विश्वविद्यालयहरु न्यूयोर्क युनिभर्सिटी अमेरिका, वासेडा युनिभर्सिटी जापान, यूनेस्को पेरिस, आइटेप पेरिसमा कार्यपत्र प्रस्तुत गर्ने अवसर पाए जसमा अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरुको आलोचनात्मक टिप्पणी र सुझावले उनको विद्यावारिधी स्तर झन् उकास्यो ।

    विद्यावारिधी गर्ने क्रममा र प्राप्त गरिसकेपछि पनि डा. रानाभाटले नेपालको विद्यालय शिक्षा (विशेषगरि सरकारी विद्यालय) को उन्नति र सुधार गर्न नीतिगत र कार्यान्वयनको तहमा विशेष योगदान दिएका छन् । रानाभाटको पिएचडीको खोजी पनि यही विषयमा थियो ।

    रानाभाट भन्छन्, ‘विद्यावारिधी अध्ययनको क्रममा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग, दातृ निकायहरु (विशेषगरि डिएफआइडी, द ब्रिटिश काउन्सिल, युरोपियन युनियन) हरुसंग विभिन्न चरणमा छलफल, विमर्श तथा सुझावहरुले पनि पिएचडी रिसर्चको क्वालिटी अझ माथि पुर्यायो । यसले ममा थप आत्माविश्वास जागृत गराएको छ ।’

    रानाभाटले सन् २०११ मा आफ्नो अध्ययनको विषयवस्तु र खोजीबारे नेपालका राष्टपति डा. रामवरण यादवसमक्ष अवगत गराउने मौका पाएका थिए ।

    आमा कोपिला रानाभाट र बाबा पूर्णबहादुर रानाभाटको कोखबाट जन्मिएका चितवन स्थायी निवासी रानाभाट हाल श्रीमति भगवती रानाभाट, एक छोरा र एक छोरीका साथ लन्डनमा बस्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री