खौले उठाए एकलाख ९० हजार रुपैयां

11311697_10153331354601197_1628121964_n
लन्डन । लन्डनस्थित एक अफिसमा रिसेप्सनिष्टको काम गर्ने खौ गुरुंगले भूकम्प पीडितका लागि आफ्नो एकल पहलमा केही आर्थिक रकम संकलन गरेका छन् । पोखरा स्थायी घर भएका उनले आफू काम गर्ने अफिसका १५० जना कर्मचारीहरुबाट एकहजार दुई सय ४६ पाउण्ड (करिब एक लाख ९० हजार रुपैयां) संकलन गरि डिजास्टर इमर्जेन्सी कमिटीलाई हस्तान्तरण गरिसकेका छन् ।

१५ वर्ष यता बेलायत बस्दै आएका उनले संकलित रकम उल्लेख्य नभएपनि यसबाट अन्य नेपालीलाई समेत आ आफ्नो कार्यक्षेत्रबाट संकलन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

भूकम्पपछि विक्षिप्त बनेका उनले आफ्नो कार्यालयका सहकर्मीहरुसंग तहसनहस मातृभूमिबारे उल्लेख गरेका थिए । उनका सहकर्मीहरुले दुःखको घडीमा नेपाललाई सानै भएपनि सहयोग गर्न तत्परता देखाएको गुरुंगले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री