नुवाकोटको स्कुललाई युनाईट फर नेपालको सहयोग

Nuwakot

लण्डन । बेलायतको विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका नेपाली तथा बेलायती विधार्थीहरुको समूह युनाईट फर नेपालले भूकम्पबाट ध्वस्त नुवाकोट जिल्लाको थप्रेक गाविसस्थित उदय जालपादेवी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

भुकम्पले पूर्ण क्षति भएको सो विद्यालयलाई कम्प्युटर, प्रिन्टर, कपी, मार्कर, ह्वाइटवोर्ड, डस्टर आदि वितरण गरिएको संस्थाले जनाएको छ ।

करिब ३००विद्यार्थी सो विद्यालयमा अध्ययन गरिरहेका छन् ।

अमेरिकामा  मुख्य कार्यालय रहेको इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटको अन्तर्गत युनाईट फर नेपाल बेलायतको टिमले विद्यालयलाई राहत सामग्रीहरु जुटाएको हो | बेलायतबाट नारायण अधिकारी,हिमाल कार्की, विनु सुबेदी कार्की, कलाकार कालुराम जिम्बा, बिरेन्द्र कार्की, स्मृति मिश्र, लिब्बी विल्किनसन, हाना फारेल, एडिल वेदरली र नेपालबाट माधवराज अधिकारीले युनाईट फर नेपालमा सहोग गरेका थिए ।

गत आइतबार असार १३ गते  उदय जालपादेवी माध्यमिक विद्यालयमा इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटले एक कार्यक्रम गरी प्रधानाध्यापक केदार थापा र स्थानीय अभिभावकको माझमा माधवराज अधिकारीले सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । भविष्यमा पनि इन्टर्नेशनल डेभ्लोपमेन्ट इन्सिच्युटको सहयोगमा युनाईट फर नेपाल टिमले विभिन्न खालको सामाजिक जनचेतनामूलक कार्यक्रम तथा विद्यालयमा सहयोग पुर्याउने बताइएको छ । जसअन्तर्गत विद्यालयलाई टिचिंग मेथड, स्थानीयस्तरमा चेलीबेटी बेचबिखनविरुद्द जनचेतना, पब्लिक हेल्थ, प्राविधिक शिक्षा जस्ता कार्यक्रम आयोजना गरिने छ ।

हाल बेलायतको कुनै एक विद्यालय र उदय जालपादेवी विद्यालयबीच फ्रेन्डशिप रिलेशन स्थापना गराउन पहल भइरहेको बताइएको छ । दुई  देशको विद्यालय बीच फ्रेन्डशिप रिलेशन स्थापना हुन गएमा दुवै देशको विद्यार्थीबीच एक आपसमा सम्पर्क हुने माध्यम स्थापना हुने छ र दुवै देशको साँस्कृतिक तथा सामाजिक पक्षका ज्ञान हासिल गर्ने  मौका पाउने छन् ।

Nuwakot 1

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री