युरोपेली युनियनद्वारा भूमध्यसागरीय क्षेत्रमा आप्रवासी नियन्त्रण गर्न सैनिक अभियान

Italy Migrants

लग्जम्बर्ग, ७ असार । युरोपेली युनियनका मन्त्रीहरूले भूमध्यसागरीय क्षेत्रमा मानिसको गैरकानुनी ओसारपसार गर्ने व्यक्तिहरूमाथि पहिलो चरणको सैनिक कारवाही आरम्भ गर्न सोमबार औपचारिक रूपमा स्वीकृति दिएका छन् ।

यस विषयमा सूचना सङ्कलन गर्ने अभियानमा पहिलो जहाज र हवाईजहाज एक सातामित्रै उपलब्ध हुने जानकारी अधिकारीहरूले दिएका छन् ।  युरोपेली विदेश मामिलाका प्रमुख फेडेरिका मोघरिनीले २८ मुलुकयुक्त यस समूहले दक्षिण तटीय क्षेत्रमा सङ्कट समाधान गर्न तत्कालै प्रतिक्रिया व्यक्त गरेको बताए ।

भूमध्यसागरीय क्षेत्रमा हजारौँ आप्रवासीको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा सदस्य मुलुकबीच गम्भीर मतभिन्नता छ । इटाली, ग्रिस तथा माल्टाले यसको सबैभन्दा ठूलो बोझ बोकेका छन् । अप्रिल महिनामा त्यहाँ एक डुङ्गा डुब्दा ८०० व्यक्तिको मृत्यु भएको थियो ।  यसै महिना भएको एक आपत्कालीन शिखर बैठकमा युरोपेली युनियनका नेताहरूले यो समस्यालाई स्रोतमै समाधान गर्न एक एकीकृत योजना बनाउने बताएका थिए । उनीहरूले लिबियाबाट आउने आप्रवासीलाई रोक्न सैनिक विकल्पका बारेमा पनि बोलेका थिए ।  पहिलो चरणको सूचना सङ्कलन भन्नाले जहाजमा सक्रिय हस्तक्षेप गर्ने, अपराधीको जहाजलाई काम गर्न नसक्ने बनाउने तथा उनीहरूलाई पक्राउ गर्ने कुरा परेका छन् ।  तेस्रो चरणमा लिबियाको जल क्षेत्रमा कारवाही गर्ने र आवश्यक परे मुलुकभित्र नै प्रवेश गर्नेसम्मका कुरा परेका छन् ।

अप्रिल महिनामा भएको शिखर बैठकमा दुई चरणका काम गर्ने विषयमा सहमति भएको छ । यसका लागि पनि संयुक्त राष्ट्र सङ्घको निर्णय र लिबियाको सहमति आवश्यक पर्ने एएफपीलाई उधृत गर्दै  राससले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री