भुकम्प पीडित नेपालीलाई अमेरिकामा १८ महिने अस्थायी बास

Homeland Security

लण्डन । भुकम्प पीडित नेपालीहरुलाई अमेरिकाले १८ महिनाका लागि अस्थायी बसोबासको सुविधा दिने भएको छ ।
होमल्याण्ड सेक्युरिटी सेक्रेटरी जे जोन्सनले बुधबार यस सम्बन्धी प्रेस विज्ञप्ति जारी गरी नेपालमा अप्रिल २५ आएको विनाशकारी भुकम्प र त्यसपछि आएका पराकम्पहरुलाई ध्यानमा राखी सो सुविधा दिने निर्णय गरिएको बताएका छन् ।
नयाा निर्णय अनुसार अमेरिकामा रहेका भुकम्प पीडित नेपालीहरुले अस्थायी बसोबासका लागि युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेजमा निवेदन दिन सक्ने बताइएको छ । यससम्बन्धी विस्तृत जानकारी बुधबार प्रकाशित फेडरल रजिस्टर सर्भिसमा रहेको जनाइएको छ ।
बुधबारबाट शुरु भएको सो सुविधा २४ डिसेम्बर २०१६ सम्म बहाल रहने बताइएको छ । नयाा व्यवस्था अनुसार अमेरिकामा रहेका भुकम्प प्रभावित, कागजात भएका र कागजातविहीन नेपालीहरुलाई यसअवधिमा अमेरिकाबाट निकाला गरिने छैन । बरु उनीहरुलाई रोजगारीको लागि आवश्यक कागजात सरकारी कार्यालयबाट दिइने छ ।
सो सुविधा अन्तर्गत सूचीकृत हुनका लागि आगामी डिसेम्बर २१ सम्मको म्याद दिइएको छ ।
सो व्यवस्थामा सूचीकृत हुन चाहने नेपालीहरुले सबै मापदण्ड पुगेको कागजातका साथमा २४ जुन २०१५ सम्म अमेरिकामा निरन्तर बसेको प्रमाणित गर्नुपर्नेछ । यसरी आवेदन दिनेहरुको सुरक्षा जाँच गरिने छ । यदि उनीहरु आपराधिक क्रियाकलापमा संलग्न भएको भेटिएमा र अमेरिकाका लागि सुरक्षामा खतरा रहेको ठानिएमा उनीहरुले यस सुविधा पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री