जनसम्पर्क समिति जर्मनीको निर्वाचन २६ जुलाइमा

लण्डन । नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीको निर्वाचन यही जुलाइ २६ मा हुने भएको छ । फ्रेंकफोर्ट, बर्लिन, मुन्चेन, हाम्बर्ग र वेस्टफालेन क्षेत्रमा निर्वाचन हुने समितिले जनाएको छ ।

समितिको तेस्रो अधिवेसन नेपालको भूकम्प र साधारण सदस्यताका लागि दुई पटक समय थपिएका कारण पर सरेको थियो । यसपटक भने जुलाइ २६ मा निर्वाचन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक दिलबहादुर गुरुङले निर्वाचन कार्यमा सरिक भइ संस्थालाई सुदृढ बनाउन आग्रह गरेका छन् ।

समितिले निर्वाचनका लागि तालिका पनि प्रकाशन गरेको छ । जसअनुसार १४ जुलाइमा मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दावी विरोध १४ जुलाइ ५ बजेपछि, १५ जुलाइमा अन्तिम नामावली प्रकाशन, उम्मेदवारी मनोनयन ११ जुलाइदेखि १५ जुलाइसम्म, उम्मेदवारको नामावली प्रकाशन १६ जुलाई सांझ ६ बजेपछि, उम्मेदवारको नामावलीमा दावी विरोध १७ जुलाई अपरान्ह ५ बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता २२ जुलाई अपरान्ह ५ बजेसम्म र अन्तिम उम्मेदवारी नामावली प्रकाशन २३ जुलाइ ६ बजेपछि हुने समितिले जनाएको छ । २६ जुलाइमा मतदान तोकिएको छ ।

समितिको अधिवेसन भने २७ जुलाइमा बर्लिनमा हुनेछ ।

निर्वाचन समितिले निर्वाचन आचारसंहिता पनि प्रकाशन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री