क्याटरर्स व्यवसायीका समस्या सांसदसमक्ष

IMG_4571

लन्डन । बेलायतस्थित नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले बेलायत सरकारको नीति र जनशक्ति अभावले आफ्नो व्यवसाय संकटमा पर्दै गएको गुनासो गरेका छन् । यस्तै अवस्था कायम रहिरहे रेष्टुरेन्ट बन्द गर्नुको विकल्प नरहेको उनीहरुको चेतावनी छ ।

नेपलिज क्याटरिङ एसोसिएसन यूके पदाधिकारीहरुले ह्यारो इष्ट क्षेत्रका सांसद बब ब्ल्याकम्यानसंग गत बिहीवार सांझ भेटेर आफ्ना गुनासो राखेका हुन् ।

अंग्रेजहरुलाई साउथ एजियन खाना बनाउन र त्यसको स्वादबारे ज्ञान कम भएको स्मरण गराउंदै व्यवसायीले अध्यागमन कडाइका कारण विद्यार्थीहरु समेत फर्किने क्रम बढेपछि आफ्ना रेष्टुरेन्टमा काम गर्ने जनशक्ति अभाव भएको गुनासो सांसद बबसंग राखेका थिए । व्यवसायीले वर्क परमिटमा बाहिरी मुलुकबाट जनशक्ति ल्याउने नीति अलिक सहज बनाउनका लागि पहल गरिदिन पनि सांसदसमक्ष आग्रह गरेका थिए ।
व्यवसायीका गुनासो सुनेपछि सांसद बबले यसबारे आगामी सेप्टेम्बरमा संसदमा वहस गराउने आश्वासन दिएका छन् ।

भेटमा नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष ध्रुव केसी, वर्तमान उपाध्यक्ष आरती श्रेष्ठ, सहसचिव ओजेश सिंह, आइटी इन्जिनियर नरेश शाही लगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री