वरिष्ठ पत्रकार राणा सम्मानित

11743736_10204575249850062_1666426533_o

लन्डन । लन्डनबाट सञ्चालित लन्डन नेपाल न्यूज डटकमले नेपालका वरिष्ठ पत्रकार कविर राणालाई सम्मान गरेको छ । आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच देशान्तर साप्ताहिकका प्रधान सम्पादक राणालाई सम्मान गरिएको हो ।

राणालाई वेवसाइटका तर्फबाट प्रधान सम्पादक शिव भण्डारी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा, पूर्व अध्यक्ष नवीन पोखरेल र लेखक एवं समाजसेवी शिवजी श्रेष्ठले खादाले सम्मान गरे ।

सम्मान ग्रहणपछि अग्रज पत्रकार राणाले प्रजातन्त्र प्राप्तिका लागि देशान्तर जस्ता साप्ताहिक पत्रिकाले गहन भूमिका निर्वाह गरेको बताए । उनले पत्रकारमा स्वनुशासन, आत्मबल हुन जरुरी रहेको जनाउंदै पूर्वाग्रही भएर कसैको व्यक्तिगत जीवन वर्वाद गर्न नहुनेतर्फ पत्रकारहरु चनाखो हुन सुझाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्माले राणाजस्ता अनुभवी पत्रकारबाट बेलायतस्थित पत्रकारहरुले पनि धेरै प्रेरणा लिनसक्ने बताए । लेखक शिवजी श्रेष्ठले राणालाई सम्मान गर्न पाउंदा लन्डन नेपाल न्यूज डटकमको पनि उचाईं बढेको उल्लेख गरे । लन्डनस्थित कांग्रेस युवा नेता विज्ञान प्रसाईंले कतिपय अवस्थामा पत्रकारहरुको पूर्वाग्रहका कारण समाज विभाजित र व्यक्तिगत चरित्र हत्या भएका उदाहरण पेश गर्दै बेलायतस्थित पत्रकारहरुलाई पनि जिम्मेवार बन्न सुझाव दिए । पत्रकार राजकुमार थापाले सानो अक्षरले ठूलो अक्षरलाई सम्मान गरेको प्रतिकात्मक मन्तव्य दिंदै राणाबाट आफूहरुले धेरै सिकेको बताए ।

लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारीले राणाजस्तो अग्रज पत्रकारलाई सम्मान गर्न पाउंदा गर्व लागेको बताए । उनले छोटो समयमै आफ्नो वेवसाइटले फड्को मारेको सुनाउंदै आफूहरु सधैं जिम्मेवार पत्रकारितामा अडिग रहेको उल्लेख गरे ।

पत्रकार एवं गीतकार नृपेश उप्रेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा लन्डन नेपाल न्यूज डटकम आवद्ध प्रमिला केसीले स्वागत मन्तव्य दिएकी थिइन् ।

11751147_10204575172768135_1204517770_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री