दीपक श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिने

11758905_10153471346881197_1298034485_n

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सदस्य दीपक श्रेष्ठले आगामी नेतृत्वका लागि कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको आगामी सेप्टेम्बर २० मा हुने निर्वाचनका लागि यतिखेर उम्मेदवारी दिने लहर चलिरहेका बेला श्रेष्ठले संघभित्रको आर्थिक विवाद र अस्तव्यस्त वातावरण अन्त्य गर्न कोषाध्यक्षको उम्मेदवारी दिने जनाए ।

कपिलवस्तु समाज यूकेका अध्यक्ष समेत रहेका श्रेष्ठले संघप्रति नेपाली समाजमा नकारात्मक सोच बढ्दै गएका बेला त्यसको निराकरणका लागि आफ्नो उम्मेदवारी हुने दावी गरेका छन् ।

व्यवसायी श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् । पासा पुचः साउथ इष्टमा कोषाध्यक्ष, महासचिव हुंदै हाल उपाध्यक्ष रहेका उनी नेपाल फोरम ग्रीनवीचका सहकोषाध्यक्ष र अन्तराष्टिय नेपाली कलाकार संघमा उपाध्यक्ष छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री