भूपू नेपाली सैनिकहरुको भेलामा उठ्यो ११५० पाउण्ड

gurkha-committee

लन्डन । भूतपूर्व नेपाली सैनिक संगठन बेलायतको आइतबार सम्पन्न बीबीक्यू भेलामा च्यारिटीका लागि एकहजार एकसय ५० पाउण्ड संकलन भएको छ ।

करिब २० परिवार सहभागी उक्त भेलामा होम्स् फर ह्यूम्यानिटी च्यारिटीका लागि उक्त रकम उठेको मिसन टु हेल्पकी अध्यक्ष बविता लामाले जनाइन् ।
भूकम्प पीडितहरुका लागि आवास निर्माण गर्न ल्याइएको होम्स् फर ह्यूम्यानिटी प्रोजेक्ट मिसन टु हेल्प र जुनकिरी इनिसियटिभ्स्को पहलमा सञ्चालित छ ।

संगठनका अध्यक्ष खगेन्द्र पाठकको नेतृत्वमा आयोजित भेलामा दूतावासका मिलिट्री अट्याची प्रदीपजंग केसी लगायत भूपू महिला सैनिक अधिकृत मेजर रानी ठाकुर सपरिवार सामेल हुंदा बेग्लै रौनक थियो ।

सो अवसरमा मेजर दीपक श्रेष्ठ र मेजर शशी लामाले बीबीक्यूको जिम्मेवारी लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री