८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखको बजेट प्रस्तुत

Rss_Images_1436873138394_Pro_Ktm_CA_ Budgeet (6)

अर्थमन्त्री रामशरण महतले आगामी अार्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखको बजेट सार्वजनिक गरेका छन् ।

चालु खर्च ४ खर्ब ८४ खर्ब छ । यसैगरी विकास लक्ष्यित पूँजिगत खर्च २ खर्ब ८ अर्ब र वित्तिय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब छुट्याइएको छ । पूँजिगत खर्च यस वर्षभन्दा झन्डै दोब्बर बढाइएको इकान्तिपुरले जनाएको छ ।

शिक्षा क्षेत्रमा ९८ अर्ब ६४ करोड विनियोजन गरिएको छ । ५ बर्षभित्र पुर्ननिर्माण गर्ने अठोट व्यक्त गर्दै महतले त्यसका लागि पहिलो चरणमा ६ खर्ब ६६ अर्ब छुट्याएका छन् । पुर्ननिर्माण ऋणपत्र जारि गरिने र ७४ अर्बको पुर्ननिर्माण कोष बनाउने घोषणा पनि उनले गरेका छन् । यसमध्ये आवासमा ५० अर्ब, उत्पादनमा ६ अर्ब र सामाजिक क्षेत्र ६ अर्ब छुट्याइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री