रहेनन् भारतका ‘मिसाइल म्यान’ कलाम

तस्विरःएपी

तस्विरःएपी

सिलोन, ११ साउन । भारतीय पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामको उपचारको क्रममा मेघालयस्थित बेथानी अस्पतालमा सोमबार निधन भएको छ । उनी ८३ वर्षका थिए ।

सिलोनको ‘इन्डियन इन्स्टिच्यूत अफ म्यानेजमेन्ट’ नामक एक क्याम्पसमा प्रवचन दिने क्रममा अकस्मात बेहोस भई ढलेपछि उनलाई अस्पताल लगिएको थियो ।

डा कलामले भारतको राष्ट्रपतिको रुपमा सन् २००२ देखि २००७ सम्म सो पदमा रही कार्यभार सम्हालेका थिए । उनको जन्म दक्षिण भारतको रामेश्वरम्मा सन् १९३१ अक्टुबर १५ मा एउटा माझी परिवारमा भएको थियो ।

उनलाई भारतका ‘मिसाइल म्यान’ का रुपमा पनि चिनिन्थ्यो । भारत सरकारले उनको निधनमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ ।

यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै भारतका पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामको आकस्मिक निधनले साह्रै दुखित भएको उल्लेख गरेका छन् । उनले कलाम सिङ्गोपुस्ताका लागि एक प्रेरणा हुनुहुन्थ्यो भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री