बेलायतमा यलम्बरहाङको सम्झनामा स्मृति दिवस

DSC_8659

लन्डन । बेलायतमा किराँतहरुका प्रथम राजा यलम्बरहाङको सम्झनामा स्मृति दिवस मनाइएको छ । बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम (पुजा घर) तथा साकेला स्थलमा स्मृति दिवस मनाइएको हो । यस वर्ष उनीहरुले यलेदोङ (५०७५) यलम्बरहाँङ स्मृति दिवस मनाएका हुन् । किराँतीहरुले सुम्निमा–पारुहाङ्गको तस्विर र सेउलीको थानमा पूजा गर्ने चलन रहेको कार्यक्रम संयोजक डम्बर राईले बताए ।

किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जर्मनीका निमित्त पूर्व नेपाली राजदूत तथा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. नवल किसोर राई, विशेष अतिथिहरु किराँत राई यायोक्खा नेपालका सल्लाहकार तथा पूर्व अध्यक्ष प्रा. श्रीमती सुमाया राई, ईलाम समाज सोसाइटीका अध्यक्ष राजेन्द्र राई, अतिथिहरु सुनुवार सेवा समाज यूकेका वरिष्ठ सल्लाकार तथा पूर्व अध्यक्ष जंग सुनुवार, पासा पुच गुठी युकेको तर्फबाट नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठ, एनआरएनए बेलायतका उपाध्यक्ष हिराधन राई, नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक तथा कानुनवीद चण्डीराज राई, नेपाली समाचार डटकमका प्रधान सम्पादक विश्वासदिप तिगेला, तमुधी युकेका अध्यक्ष रामचन्द्र (सुर्र्जे) गुरुङ, यायोक्खा कलाकार संघ अध्यक्ष निर पुमा, लन्डनबाट प्रसारण हुने नेपाली टेलिभिजनका प्रस्तोता विमला सेने र राजेन्द्र भट्ट, गीतकार इश्वर चाम्लिङ्ग, गीतकार मुकेश राई, गीतकार हेमकुमार राई लगायत ४ दर्जन भन्दा बढि संघसंस्थाका प्रतिनिधि तथा साहित्यिक स्रष्टाहरूको उपस्थिति थियो ।

प्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईले संयुक्त रुपमा पानसमा दीप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतकी सचिव चन्द्रवती राईले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका महासचित्र चक्र राईले स्वागत मन्तव्य दिए । सो अवसरमा किराँत राई यायोक्खा बेलायतद्धारा निर्मित यायोक्खा सांस्कृतिक कलाकार संघ बेलायतको पहिलो प्रस्तुती किराँती मिथकमा आधारित गीति एल्वम आम्लाबुङ (सुनखरी फुल) विमोचन गरिएको थियो । एल्वम सुनखरीमा जम्मा १० गीतमा किराँतीहरुको एतिहासिक मिथक हराउन लागेको शव्दहरुको संकलन रहेको र अन्य नेपाली बाजाहरुको समिक्षण समेत रहेको यायोक्खा कलाकार संघका महासचिव किसन राईले दाबी गरे ।
संघको पहिलो एल्बम “सुनखरी” मा समेटिएका गीतहरूले स्रोताहरूको मन जित्न सफल हुने विश्वास व्यक्त गर्दै यायोक्खा बेलायतका अध्यक्ष पदम राईले प्रवासमा रहेपनि गीति लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गदै सफलताको शुभकामना व्यक्त गरेका थिए । “एउटा बन्दुकको गोली सिपाईहरुको निमित जति महत्वपूर्ण हुन्छन्, त्यति नै एउटा मानव जीवनमा गीत संगीत महत्वपूर्ण हुन्छन्” जस्ता भावना पोख्दा उपस्थित माहोल नै भावुक देखिएका थिए । गीति एल्बम सुनखरी भित्र संगीत, बालन्द राई, पारस मुकारुङ, विसी राई, गंगाराज राई र नरेश नाती रहेका छन् भने चर्चित गायिका मेलिना राई, रेवत राई, आभा मुकारुङ,पार्वती राई, सुमी राई, प्रकाश प्राण, किसन राई, मिना राई, कृष्णा राई, दिपक चाम्लिङ, सुष्मा राई र आनन्द रानोहोछाको आवाज सुन्न सकिन्छ ।

कार्यक्रमको मध्यतिर यायोक्खा सांस्कृतिक कलाकार संघको प्रस्तुति स्थानीय कलाकारले गायन, नृत्य, कविता वाचन, प्रहसन प्रस्तुत गरेपछि कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत तथा प्राध्यापक डा नवोल किसोर राईले बेलायतमा रहेका किराँतीहरुको प्रगतिमा खुशीयाली प्रकट गदै विभिन्न विषयमा उच्च शिक्षा हाशिल गर्ने युवा युवतीहरुलाई प्रगतीको शुभकामना सहित सम्मान पत्र दिए । उक्त अवसरमा माङंखिम तथा साकेला स्थल निर्माण प्रारम्भिक कार्य समितिहरुलाई विशिष्ठ सदस्यताको प्रमाणपत्र, महाभूकम्पको कारण स्वदेशको भयावह स्थितिलाई मध्यनजर गर्दै सहयोग गर्ने यायोक्खा बेलायतका स्वयंसेवकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा यलम्बरहाङको सम्झनास्वरुप धनुकाँड प्रतियोगिता गरिएको थियो । धनुकाँडको मट्याङ्ग्रा धरान विजयपुरको जंगलमा खोज्न जाँदा किराती राजाको भताभुङ्गे दरबार भेटिएको तर किरात समुदायले चासो नदिएको गुनासो उपस्थित अगुवाहरुले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री