नेपलिज डक्टर्स एसाेसिएसनमा पहिलाेपटक महिला अध्यक्ष

11221294_10153518153204521_2294969101952269065_n

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन (एनडिए) युकेको अध्यक्षमा डा. बिना थेबे निर्वाचित भएकी छिन् ।

एसोसिएसनको हालै युकेमा सम्पन्न साधारण सभाले डा. थेबेलाई अध्यक्षमा चुनेको हो ।

सन् १९८५ मा स्थापित एसोसिएसनमा निर्वाचित हुने डा. थेबे पहिलो महिला अध्यक्ष हुन् ।

साधारण सभाले निर्वाचित गरेको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. अरूणकुमार झा, उपाध्यक्षमा डा. सबिन जोशी, महासचिवमा कमल अर्याल, कोषाध्यक्षमा डा. बन्दना कर्ण, सहसचिवमा डा. रविन शेरचनलाई चुनेको छ । यस्तै सदस्यहरूमा श्रीमती डा. इभा गौतम, डा. किशोर लेखक, डा. सचिन गुरूङ, डा.विक्षण राइ र डा. लक्ष्मण पौडेल रहेका छन् ।

सन्  १९५० को  दशकबाट नेपाली चिकित्कहरू युकेमा अध्ययनका लागि अाउन शुरू गरेका हुन् ।

तीन दिने साधारणसभामा साँस्कृतिक कार्यक्रम, विज्ञान सम्बन्धी कार्यशाला र साधारण सभा हुने गरेको छ ।

नयाँ समितिको कार्यवधि अागामी दुइ वर्षका लागि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री