एनआरएनए यूकेमा युवा चासो, आचार्य संयोजकमा उठ्ने

1796511_10202159009777256_6661936026491935656_n

लन्डन । लन्डनस्थित एकजना युवा व्यवसायी हरि आचार्यले एनआरएनए यूकेको आसन्न निर्वाचनमा युवा संयोजकको उम्मेदवारी दिने भएका छन् । एनआरएनए यूकेको चुनाव आउन अब ५ साता बांकी रहंदा आचार्यले उम्मेदवारी दिने बताएका हुन् ।

उलवीचस्थित क्याप्स् कन्सल्टेन्सीका मार्केटिंग डाइरेक्टर आचार्य केही वर्ष यता विभिन्न तवरले सामाजिक गतिविधिमा संलग्न छन् । संघ सिमित व्यक्तिको पहुंच भित्र रहेको बताउंदै उनले यसमा युवा सहभागिताको खांचो समेत औंल्याएका छन् । संघको विगत इतिहासले यसप्रति वितृष्णा बढिरहेका बेला अब युवा जमातलाई संघतर्फ आकर्षित गर्न आफ्नो उम्मेदवारी हुने उनले बताए ।

प्रोपर्टी व्यवसायमा समेत संलग्न उनले आफूले नेतृत्व पाए संघमार्फत सामाजिक तथा कल्याणकारी काममा युवा परिचालन गर्ने, भविष्यका कर्णधार युवा भएकाले उनीहरुलाई देशप्रति कटिवद्ध गराउने, उनीहरुको सिप र ज्ञान स्वदेशमा लगाउने तथा नयां पुस्तामाझ नेपाली कला, संस्कृतिको जगेर्ना गर्ने जस्ता अजेण्डा अघि सारेका छन् ।

आचार्य केही समय रेष्टुरेन्ट व्यवसायमा समेत आवद्ध थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री