एनआरएनए अध्यक्षमा रतन झाद्वारा उमेद्वारी

Ratan Jha announcement 10082015

काठमाडौ, २५ साउन । गैर आवासीय नेपाली संघ, एनआरएनएको सातौं महाधिवेशनका लागि रतन झाले उमेद्वारी घोषणा ग

र्नुभएको छ। एनआरएनएका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको एक औपचारिक कार्यक्रममा झाले उमेद्वारी घोषणा गर्नुभएको हो । विभिन्न देशमा एनआरएनहरुको अधिवेशन भइरहँदा झाको उमेद्वारी घोषणाले एनआरएनएको चुनावी माहौल शुरु भएको छ । नयाँ नेतृत्वका लागि अक्टोवर १४ देखि १७ सम्म एनआरएनएको सातौं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदै छ ।

झाको उमेद्वारी घोषणामा एनआरएनएका पदाधिकारी, सल्लाहकार एवं अन्य गैरआवासीय नेपाली प्रतिनिधीहरुले

ऐक्यबद्धता जनाएका थिए । साथमा अमेरिकाका लागि नेपाली राजदुत महामहिम श्री अर्जुन कार्की लगायत अमेरिकाका विभिन्न राज्यमा रहेका गैरआवासीय नेपाली प्रतिनिधीहरु पनि झाको उमेद्वारी घोषणामा उपस्थित थिए ।

उमेद्वारी घोषणा कार्यक्रममा वोल्दै झाले भन्नुभयो “नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ अगाडि बढेको गैरआवासीय नेपाली अभियानले बोकेको निर्दिष्ट उदेश्यहरुलाई मूर्त रुप दिन एनआरएन साथीहरुको समर्थन र सहयोगको अपेक्षा सहित सातौ अन्तर्राष्ट्रिय महाधिबेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु। ”

आफ्नो उमेद्वारीको औचित्यबारे प्रष्ट पार्दै झाले भन्नुभयो “संघमा नामबाट होइन कामबाट चिनिनु पर्छ । हाम्रो संघ भनेको एउटा बिशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो । तसर्थ यसको काम कार्यवाहीहरु सोहि रुपमा सामुहिक प्रयासबाट गरिनुपर्छ ।”

अभियान स्थापना गर्दाखेरीका अहोरात्र खट्ने अनगिन्ती अग्रज/साथीहरुलाई मुलप्रवाहमा जोड्ने उद्धेश्य रहने झाले बताउनुभयो ।

मातृभुमि नेपाल र सम्पूर्ण गैरआवासीय नेपालीहरुबाट संस्थाप्रति उच्च आत्मविस्वास,

भरोसा, आशा र अपेक्षा प्रकट भईरहेको परिप्रेक्षमा क्षमता र अतुलनीय सम्भाव्यतालाई अझ समुचितव्यवस्थापन तथा

परिचालन गर्दै सम्पुर्ण गैरआवासीय

नेपालीहरुको हित तथा देशको दिगो विकासमा समर्पित हुनुपर्ने दायित्व आएको बेलामा आफ्नो उमेद्वारीलाई उहाँले चुनौतिको रुपमा स्विकार्नुभएको छ ।

बैशाख १२ र २९ गतेको विनाशकारी महाभुकम्प र त्यसयताका पराकम्पले क्षत बिक्षत भएका बिभिन्न जिल्लाहरुमा राहत बितरणमा संघले देखाएको तदारुकता, सहयोगलाई नेपाल सरकार र समस्त नेपालीले उच्च मुल्यांकन र कदर गरको स्मरण गर्दै झाले संघको अध्यक्षलाई पुनर्निर्माण सहयोगका लागि बिशेष दुत नियुक्ती पनि यसैको प्रतिफल भएको बताउनुभयो ।

झाले अगाडी भन्नुभयो “संघले १००० घर बनाउने संकल्पलाई कार्यान्वयनमा पुर्याउन सबै शक्ति परिचालन गर्नुका साथै सरकारले दिएको जिम्मेबारी पूर्ण गर्न कुनै कसर बांकि नराख्ने प्रतिबद्दता जनाउँछु । साथै पुनर्निर्माणका लागि हाम्रो सञ्जालमार्फत आर्थिक एबं बौध्दिक श्रोत संकलन तथा  दक्ष गैरआबासीय नेपालीहरुलाई पूर्ण रुपमा परिचालन गर्नुपर्ने मेरो धारणा अगाडि सार्न चाहन्छु ।”

एनआरएनहरु आफैका यावत समस्याका साथै देशले हामीसँग गरेको आशा र अपेक्षालाई सम्बोधन गर्ने काम  चुनौतिपूर्ण रहेको उल्लेख गर्दै झाले संस्थागत बिकासबाट मात्रै अवसरभित्रको सम्भावना, सँगसँगै आउने समस्या र त्यसले

निम्त्याउने चुनौतीको सामना गर्न सकिने कुरा बताउनुभयो । झाले भन्नुभयो “संस्थाको परिचय, समस्या पहिचान र संजालकोनिर्माणमा समर्पित भएको बिगतका बाह्र बर्षबाट पाठ सिक्दै  र अहिलेसम्म भएका प्रगतिहरुलाई संगाल्दै अवको समय संघको संस्थागत बिकाससंगै गुणात्मक उपलब्धि हाँसिल गर्नेसमयको रुपमा उपयोग गर्नु पर्छ ।”

गैरआवासीय नेपाली संघको अस्तित्व स्थापनासंग गाँसीएर रहेको दर्ता सम्बन्धि मुद्दा समाधान भएर संघको आफ्नै भवन निर्माण प्रक्रिया द्रुत गतिमा अगाडी बढेको सन्दर्भ उल्लेख गर्दै झाले कार्यालय परिसर निर्माण र ७१ मुलुकमा स्थापित संघको दीर्घकालिन स्थायित्वका बिषय निकै चुनौतिपूर्ण रहेको बताउनुभयो ।  यसका लागि ठोस निति निर्माण गरी कार्यान्वयनमा ल्याउन पहल गर्नु पर्ने

आवश्यकतालाई महसुस गर्दै झाले भन्नुभयो “मेरो नेतृत्वमा संघको स्थायित्व सम्बन्धि सबै योजनाहरुलाई कार्यान्वयनमा

ल्याई संघलाई एक कदम अगाडि स्थापित गराउन मेरो कटिबद्दता रहनेछ ।”

नागरिकताको सन्दर्भमा झाले भन्नुभयो “उच्च शिक्षा, ब्यवसायिक सम्भावना र रोजगारीको खोजिमा प्रवासिन पुगेका

नेपालीहरुलाई बसोबास गरेका देशको नागरिकता लिएकै कारणआफ्नै जन्मभुमिको नागरिता

त्याग्नु पर्ने बाध्यात्मक अवस्था बदलिँदो बिश्वका सम्भावनाहरुबाट बन्चित गराउने संकुचित प्रावधान हो भन्ने मेरो ठहर छ।”

आगामि संबिधानमा ‘गैरआवासीय’ प्रकारको आंशिक अधिकार सहितको नागरिकताको प्रावधान राखिन गइरहेको सन्दर्भमा “पूर्ण अधिकारसहितको नागरिकता गैरआवासीय नेपालीको आवश्यकता” भन्ने नाराका साथ हिजोको दिनमा जस्तै निरन्तर प्रयाससहित तार्किक निश्कर्षमा पुर्याउनु लागिपर्नु पर्ने झाको भनाइ छ । साथै उहाँले आगामी

निर्वाचनहरुमा प्रवासीएकायुवाहरुको मताधिकार सुनिस्चित गर्नुपर्ने आवस्यकताप्रति बृहद गृहकार्य आवश्यक रहेको

कुरा स्मरण गराउँदै अब बन्ने संबिधानमा प्रवासी

नेपालीहरुलाई मताधिकारको व्यवस्थाको माग गर्नुभयो ।

गरिवी र बेरोजगारीले निम्त्याएको बैदेशिक रोजगारले बिप्रेषणसँगसगै बिभिन्न भौतिक, समाजिक र सांस्कृतिक

समस्याहरु पनि नेपाली समाजमा भित्रिरहेको  जनाउँदै उहाँले गैरआवासीयहरुको संख्या बृद्धि संगसंगै उनीहरुलाई पर्ने बिभिन्न समस्यालाई सम्बोधन गर्नु पर्ने नयाँ नयाँ चुनौतीहरु पनि थपिदै गएको झाको भनाइ छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित वनाउन सरकारले ल्याएको ‘फ्रि भिषा’ निति निक्कै नै स्वागत योग्य रहेको जनाउँदै झाले बैदेशिक रोजगारमा चलि आएका बिसंगतीहरुलाई केहि हदसम्म नियन्त्रण गर्न यो व्यवस्थाले बिशेष भूमिका खेल्ने बताउनुभएको छ । झाले थप्नुभयो “हाल भइरहेका प्रयासहरुलाई निरन्तरता दिँदै आगामी दिनहरुमा यसलाई अझ बढी मर्यादितर व्यवस्थित गर्न अभियान नै चलाउनु पर्नेछ ।”

वैदेशिक रोजगारबाट दक्ष बनि फर्केका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा पुनःस्थापना गर्नु,

स्वदेश फर्कदा राष्ट्रिय हिरोको रुपमा सम्मान गर्ने परिपाटी वसाल्ने,

विदेशमा सिकेकोशिपलाई नेपालमा कसरी पुनस्थापना गर्न सकिन्छ भन्ने वारेमा अध्ययन,

अनुसन्धान गरी उचित रोजगारीको अवसर प्रदान गर्नुका साथै उनीहरुको बचतलाई पूंजीमा परिणतगरिउत्पादनमुलक कार्यमा

लगानी गर्न शुरुवात गरिएको एनआरएन ईन्भेष्टमेन्ट कम्पनीमार्फत नमुनाको रुपमा एउटा परियोजना

सुरु गरिएकोबाट सिक्दै भविश्यमा पनि यस्ता परियोजनाहरुनिरन्तर संचालन गर्नुपर्ने पक्षमा झा उभिनुभएको छ । उहाँले

गैरआवासीय नेपालीहरुकै सहभागिताबाट एक सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने अवधारणा समेत अगाडी सार्नुभएको छ ।

एनआरएनएमा अध्यक्षमा चुनिनु अघी झाले आफ्नो प्राथमिकताहरुलाई समेत प्रष्ट्याउनुभएको छ । संस्थाको परिचय,

समस्या पहिचान र संजालको निर्माणमा समर्पित हाम्रो अभियानकोबाह्र बर्षबाट पाठ सिक्दै संघको आत्म निर्भरतालाई मूलविन्दू बनाई संस्थागत विकासमा जोड दिनुका साथै संघको आफ्नै भवन निर्माण गरि स्थायित्वमा जोड दिने कुरालाई झाले प्राथमिकतामा राख्नुभएको छ ।

त्यसैगरि नागरिकताको निरन्तरताको विषय, जसले पहिलो पीँढीका गैरआवासीय नेपालीहरुलाई जन्मभूमिप्रतिको जिम्मेवारी बोध गराई रहन तथा दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई मातृभूमिप्रतिको सम्बन्ध र संपर्क कायम राख्न मद्धत गर्छ भन्ने बिषयमा “पूर्ण अधिकारसहितको नागरिकता गैरआवासीय नेपालीको आवश्यकता” भन्ने नारालाई तार्किकनिश्कर्षमा पुर्याउने तथा प्रवासमा रहेका नेपालीलाई मताधिकार सुनिस्चित गर्न बृहद गृहकार्य गर्ने पनि उहाँले आफ्नो प्राथमिकता तोक्नुभएको छ ।

वैदेशिक रोजगारको सुरक्षित कार्य चयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजनक पूनस्र्थापनामा जोडदिँदै सो क्रममा बढ्दै गएको महिला हिँसा, असमानता, मानव तस्करी लगायत अनियन्त्रित युवा श्रम र प्रतिभा पलायनमा निरुत्साहित हुने कार्यमा जोड दिने कार्यलाई झाले आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।

महाभुकम्पले क्षत बिक्षत गरेका जिल्लाहरुमा १००० घर बनाइदिने संघको संकल्पलाई कार्यान्वयन गर्नुका साथै

हाम्रो सञ्जालमार्फत पुनर्निर्माणमा आर्थिक, बौध्दिक श्रोत संकलनका साथै दक्ष गैरआबासीय नेपालीहरुलाई परिचालन गर्ने कुरालाई झाले प्राथमिकिकरण गर्नुभएको छ ।

त्यसैगरि अध्यक्षका उमेद्वार झाले आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आर्थिक कुटनीति तथा

लगानी मैत्री वातावरणको निर्माण लगायत वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूँजिको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा हुने भएकाले सो बचतलाई पूँजिमा परिणत गरी उत्पादनमुलक कार्यमा लगानी गर्न अभियान संचालन गर्ने तथा विप्रेषणको सही उपयोगकोलागि एनआरएन विशेष बचत योजना तथा सामाजिक सुरक्षा

कोषको व्यवस्था र संचालनका लागि पहल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री