सद्भावना पार्टी संविधानसभाबाट अलग्गियो

अध्यक्ष राजेन्द्र महतो

अध्यक्ष राजेन्द्र महतो

काठमाडौँ, १ भदौ । सद्भावना पार्टीले संविधान सभाबाट अलग्गिएको घोषणा गरेको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संविधानसभाबाट बाहिरिने निर्णय भएको जनाएको हो ।

आजैको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान संविधानसभामा बस्नुको कुनै औचित्य नरहेको भन्दै सामुहिक राजीनामा गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र महतोले बताए ।

“पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रा लागि संविधानसभामा बस्न औचित्यहीन भइसकेकोले आज यसै समयदेखि सद्भावना पार्टी संसदीय दलले संविधानसभाबाट सामुहिक राजीनामा दिने घोषणा गर्दछ,” पार्टी अध्यक्ष महतो र संसदीय दलका नेता लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

उक्त पार्टीबाट संविधानसभामा पाँच जनाको प्रतिनिधित्व थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री