महिला उपाध्यक्षमा शान्ति थापा कुंवर लड्ने

11880036_1049637571766356_1769890489_n

लन्डन । एनआरएनए यूकेको निर्वाचन माहोल तातिरहेका बेला महिला उपाध्यक्षमा शान्ति थापा कुंवर लड्ने भएकी छिन् । हाल एनआरएनए यूकेकी उपाध्यक्ष उनले वीनेपाली मार्फत मंगलबार चुनाव लड्ने घोषणा गरेकी हुन् ।

सदस्य हुंदै उपाध्यक्षको एक, एक कार्यकाल बिताइसकेकी उनले महिला हक हितका मुद्दा अघि सार्दै महिला उपाध्यक्षमा लड्ने बताइन् । श्रोतका अनुसार, उनी अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङको प्यानलमा रहने निश्चित छ ।

शान्ति यसअघिको कार्यकालमा सबैभन्दा बढि मत ल्याएर जित्ने उम्मेदवार थिइन् । उनी गैर आवासीय नेपाली संघ, बेलायतको इतिहासमा उपाध्यक्ष बन्ने पनि पहिलो महिला हुन् ।

कम बोल्ने, अरुलाई सजिलै विश्वास गर्ने, समाजसेवाका लागि अहोरात्र खटिने कुंवर विवादबाट सधैं टाढा रहेकी एकजना पात्र हुन् ।

मगर संघ यूकेकी ट्रष्टी, आजिवन सदस्य र सल्लाहकार उनी अन्य विभिन्न संघसंस्थामा समेत आवद्ध छन् । सन् २००० यता बेलायत बस्न थालेकी कुंवर एकजना यस्तो महिला हुन् जो हरेक च्यारिटी र सामाजिक कार्यक्रममा उपस्थित भएकै हुन्छिन् ।

उनले आफूलाई पुनः एक कार्यकालको मौका दिन अपिल गर्दै एनआरएनए यूके सदस्यहरुलाई उपयुक्त उम्मेदवार छनोट गर्न सुझाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री