बन्दबाट जनजीवनमा प्रभावित ः गृह

विभिन्न जनजातिका संघसंस्थाहरुको आयोजनामा गरिएको नेपाल वन्दको अवज्ञा गर्दै महांकाल न्यूरोड क्षेत्रमा गुडीरहेको भाडा तथा सर्वसाधारणको निजि सवारीसाधनहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस

विभिन्न जनजातिका संघसंस्थाहरुको आयोजनामा गरिएको नेपाल वन्दको अवज्ञा गर्दै महांकाल न्यूरोड क्षेत्रमा गुडीरहेको भाडा तथा सर्वसाधारणको निजि सवारीसाधनहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस

काठमाडाँै, ६ भदौ । प्रस्तावित सीमाङ्कनमा आफ्नो असहमति जनाउँदै संयुक्त मधेसी मोर्चाले विगत केही दिनदेखि गर्दै आएको तराई–मधेस बन्दको निरन्तरता र आदिवासी जनजाति महासङ्घसमेतले आह्वान गरेको बन्द र केही जिल्लामा भएको विरोधका कारण आज उपत्यका, तराई–मधेसलगायत देशका केही जिल्लामा व्यापार व्यवसाय, सवारी साधन पूर्णरुपमा सञ्चालन हुन नसक्दा जनजीवनमा प्रभावमा परेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत आज उपत्यकाभित्र बन्दको खासै प्रभाव नपरेको, पूर्व–पश्चिम लोकमार्गमा दिउँसोको समय सवारी साधानको आवागमन हुन नसकी यात्रुलाई कठिनाइ परेको तथा केही दिनदेखि तराई क्षेत्रमा हुँदै गरेको बन्दको प्रभावलाई न्यून गर्न स्थानीय प्रशासनले पूर्व–पश्चिम लोकमार्गमा चल्ने सवारी साधनलाई सुरक्षित रुपमा आवागमन र दैनिक उपयोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउने प्रयास गर्दै आएको जनाएको छ ।

बन्दको क्रममा आज बर्दिया जिल्लामा थरुहट राज्यको माग राखी प्रदर्शन गरिरहेका प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयमा पुगी प्रहरीमाथि दुङ्गामुढा गर्दा प्रहरीले सामान्य बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

सोही क्रममा प्रहरीतर्फ दुई जना र प्रदर्शनकारीतर्फ दुई जना घाइते भएका मन्त्रालयले जनाएको छ ।
बन्दकर्ताले काठमाडौँमा–एक, सुनसरीमा–दुईवटा सवारी साधानमा तोडफोड तथा दाङमा एकवटा मोटरसाइकलमा आगजनी गरेका थिए । महोत्तरीमा महिला विकास कार्यालय तोडफोड गरेका थिए ।

आज काठमाडाँै उपत्यकामा उश्रृङ्खल गतिविधि गर्ने ४० जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी, सार्वजनिक, व्यक्तिगत सम्पत्तिको तथा नागरिकको सुरक्षा गरी शान्तिसुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय रुकुम, कपिलवस्तुले जिल्ला सदरमुकाम र जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रहरीका अनुसार ललितपुरमा पनि तीन जना पक्राउ गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री