एनअारएनए इटलीमा श्रेष्ठ

Chhatra Shrestha

लण्डन । गैरअावासीय नेपाली संघ (एनअारएन) इटलीको अध्यक्षमा छत्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

इटलीको पिसामा हालै भएको चाैथो अधिवेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

स्यांजा घर भएका श्रेष्ठ इटलीमा पर्यटन लगायतका व्यवसायमा अावद्ध छन् ।

इटलीमा करिब एक हजार नेपाली बसोबासरत रहेको अनुमान छ ।

अधिवेसनमा एनअारएनए केन्द्रीय प्रतिनिधि सहभागी नभए पनि युकेबाट एनअारएनए युकेका पूर्व सल्लाहकार, समाजसेवी तथा व्यवसायी मोहन गुरूङ सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री