एनआरएनए युकेमा सहमतिमै ‘भागबण्डा’

11698751_1077397622288374_313357754268312695_o1-819x1024

नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरूङ /तस्वीर मिलन तमु

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ सर्वसम्मत भएका छन् । शनिवार व्लु अर्किड रेन्टुरेन्टमा भएको सर्वपक्षीय भेलाले नाटकीय सहमति गरेको हो । सहमति अनुसार उपाध्यक्ष पदलाई २ बाट बढाएर ४ बनाइएको छ । जसमा अध्यक्षका उम्मेदवारहरू हिराधन राई र योगकुमार फगामी तथा उपाध्यक्षका उम्मेदवार दासुराम पाण्डे र उपाध्यक्षमा दाबी गरेका तर मतदाता नामावलीमै नाम नरहेका राष्ट्र राईलाई उपाध्यक्ष बनाइएको छ ।

महिला उपाध्यक्ष पनि एकबाट दुई बनाउँदै दुवै उम्मेदवारहरू कुमारी गुरुङ र शान्ति थापा कुँवरलाई ल्याइएको छ ।
त्यसैगरी महासचिवमा विजयविक्रम लिङदेन सर्वसम्मत भएका छन् । महासचिवका अर्का प्रत्यासी खुशीमान लिम्बुलाई प्रवक्तामा झारिएको छ ।
सहमहासचिव पद सिर्जना गर्दै अर्जुन कटुवाललाई ल्याइएको छ । यसअघि, सचिवमा कृष्ण तिवारी (निर्विरोध) भैसकेका थिए । तर, अनपेक्षित सहमतिमा फडिन्द्र भट्टराई र बुद्धिराम थापालाई थपिएको छ । यसअघि निर्विरोध भएका कोषाध्यक्ष दीपक श्रेष्ठको मुनि रहने गरी उपाध्यक्षका उम्मेदवार  ललित न्यौपानेलाई सहकोषाध्यक्ष राखिएको छ ।
निर्विरोध भएका युवा संयोजक हरिकृष्ण आचार्यको मातहतमा युवा उपसंयोजक पद सिर्जना गर्दै रिचर्ड गुरुङलाई ल्याइएको छ । यसअघि महिला संयोजक शुशिला राई निर्विरोध भैसकेकी छिन् ।

अध्यक्षका प्रत्यासी विश्वासदीप तिगेलालाई आइसिसी सदस्यमा लगिएको छ । योसँगै आइसिसीमा बेलायतबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या पाँच पुगेको छ । जसमा कृष्ण तिमिल्सेना, संगीता मरहट्ठा, सुस्मा राई र पशुपति भण्डारी छन् । त्यस्तै कल्पना आङवुहाङलाई सल्लाहकारमा राख्ने सहमति भएको छ । सहमतिमै च्यारेटी विभाग प्रमुख पद सिर्जना गरी उपाध्यक्ष पदका उम्मेदवार सनत गुरुङलाई जिम्मा दिइएको छ ।

एनआरएनए युकेका प्रवक्ता कटुवालले सहमतिको प्रस्ताव कार्यसमिति सहितको सर्वपक्षिय भेलामा राखेका थिए । नयाँ परिस्थिति सिर्जनासँगै एनअारएन युकेको विधान संसोधन गर्नुपर्नेछ । उक्त सहमतिलाई कार्यसमितिले यसअघि गठित निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
सदस्यहरुमा सुरज मास्के, पद्म रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, मिन रानाभाट र मिलन गुरुङ निर्विरोध निर्वाचित भैसकेका छन् ।

अनपेक्षित सहमतिसँगै एनअारएन युकेमा पदको दाबी गर्ने सबैलाई पद प्राप्त भएको छ । तर यस किसिमको सहमतिले एनअारएन युकेमा कस्तो नजिर र परम्परा स्थापित गराउने हो त्यो भने वर्तमान कार्यसमितिको कार्यले नै देखाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री