बीसीसी यूकेमा नयां नेतृत्व

11987085_10153352466037771_5301366543434786628_n
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेमा नयां नेतृत्व चयन भएको छ । आइतबार बीबीसी यूके भवनमा आयोजित साधारणसभाले नारायण गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । गुरुङ यसअघि उपाध्यक्ष थिए ।

साधारणसभाले तीनजना हर्क गुरुङ, नरेश गुरुङ र धर्म तामाङलाई उपाध्यक्षमा छानेको छ । त्यसैगरि, महासचिव आसबहादुर गुरुङ, कोषाध्यक्ष कुसाङ गुरुङ र सचिवमा योन्तेन गेत्सो छानिएका छन् ।

शान्ति पूजा पछि शुरु कार्यक्रममा साधारण सभा र नयां कार्यसमिति चयन गरिएको थियो ।

सन् २००७ देखि अध्यक्ष रहेका काजी शेर्पाको कार्यकालमा सेन्टरले करिब ८ लाख पाउण्डमा बौद्ध गुम्बा बनाएको छ । अहिले उक्त प्रोपर्टीको मुल्यांकन १.६ मिलियन पाउण्ड भएको शेर्पाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री