काँग्रेस र एमाओवादीका शीर्ष नेतृत्वबीच छलफल

वर्तमान समसामयिक राजनीतिक समस्या समाधान गर्न नेपाली काँग्रेस र नेकपा एमाओवादीका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भएको वैठकबाट बाहिरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

वर्तमान समसामयिक राजनीतिक समस्या समाधान गर्न नेपाली काँग्रेस र नेकपा एमाओवादीका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भएको वैठकबाट बाहिरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २१ भदौ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली काँग्रेस र एनेकपा (माओवादी)का शीर्ष नेताहरुका बीचमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला र वनमन्त्री महेश आचार्यलगायतको सहभागिता थियो ।

यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।

बैठकपछि उपसभापति पौडेलले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दुई दलका बीचमा छलफल भएको जानकारी दिए ।

भोलिदेखि सुरु हुने संविधानसभाको बैठक, संविधानको मस्यौदामाथि दलहरुले पेस गरेका संशोधन प्रस्ताव, तराई मधेस केन्द्रित दलको आन्दोलनलगायतका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वनमन्त्री आचार्यले दलहरुका बीचमा सहमति, सहकार्य र एकताबाट नै संविधान जारी गर्ने पक्षमा काँग्रेस रहेको बताए ।

आन्दोलनमा रहेका तराई मधेस केन्द्रित दलहरुका मागका बारेमा बैठकमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री