अन्जु मनोज भन्दैछन्, ‘कस्तो माया लाइयो हजुर’

सुसी खड्का

सुसी खड्का

लन्डन । गायिका अन्जु पन्त र उनका पूर्व श्रीमान् मनोज राजले गाएको एउटा गीत ‘कस्तो माया लाइयो हजुर…’ गीतको म्यूजिक भिडियो छायांकन बेलायतमा गरिएको छ । प्रभु गुरुङले निर्देशन गरेको उक्त म्यूजिक भिडियो बेलायतको डर्डल डोर, पोर्टल्याण्ड, फार्नबोरो जस्ता गन्तव्यमा छायांकन गरिएको हो ।

भिडियोमा सुसी खड्का, मिलन गुरुङ र लिकुन गुरुङले अभिनय गरेका छन् भने संगीत हरि लम्सालको छ । उक्त भिडियो क्यामेरामेन मनोज गुरुङले खिचेका हुन् ।

मोडल सुसीले आफ्नो पहिलो म्यूजिक भिडियो र वियोगान्त दृश्य भएकाले शुरुमा केही नर्भस् भएपनि पछि टिमवर्कका कारण सहज बनेको बताइन् । ‘अब अरुमा पनि अभिनय गर्न उत्साहित छु’, उनले सुनाइन् । भिडियो छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

गोविन्दप्रसाद उपाध्यायले लेखेको उक्त गीत गायिका अन्जु पन्त र मनोज राजको वास्तविक जीवनसंग मेल खाने बताइएको छ ।

म्यूजिक नेपालको प्रस्तुति रहने सत्यता २ एल्बममा समावेश हुनेछ उक्त गीत ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री