
लन्डन । एसोसिएसन अफ नेपलिज मधेशीज् इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम अत्याचार, दमन र मानवअधिकार हनन भइरहेको जनाउंदै अन्तर्राष्टिय समुदायसमक्ष ध्यानाकर्षण गराएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउंदै एसोसिएसनले निर्दोस मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको दावी गरेको हो । एसोसिएसनले उक्त ज्ञापन बेलायती प्रधानमन्त्री, मानवअधिकार संगठन र अन्य अन्तर्राष्टिय संघसंस्था एवं कुटनीतिज्ञहरुलाई समेत दिइएको जनाएको छ ।
उता, सर्वोच्च अदालतले घातक हतियार प्रयोग नगर्न अन्तरिम आदेश दिंदा समेत नेपाल सरकारले दमन गरिरहेको भन्दै त्यस अत्याचार विरुद्ध एसोसिएसनले बिहीबार बेलायती संसद अगाडि प्रदर्शन गरेको जनाएको छ । एसोसिएसनका सचिव पुष्कर पटेलले शुक्रवार एक विज्ञप्तिमार्फत एसोसिएसनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मधेशी र थारु समुदायको वाक स्वतन्त्रता र मानवअधिकार विपरित सरकारको अन्याय विरुद्ध जारी आन्दोलनमा पूर्ण साथ दिने समेत जनाएको छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख