हुने नै भयो घले र झाको भिडन्त

12030875_10153642702421197_1827014355_n

अध्यक्षका प्रत्यासी झा

गैरआवासीय नेपाली संघको १४ देखि १७ अक्टोवरसम्म काठमाडौंमा हुने सातौं विश्व सम्मेलन नजिकिएपछि चुनावी माहौल पनि तातिएको छ ।

पछिल्लोक्रममा संघका वर्तमान अध्यक्ष शेष घले “सर्वसम्मत अध्यक्ष बन्ने बतावरण बन्दै गएको” भनेर मिडियाबाजी पनि शुरु भएको छ । श्रोतका अनुसार घलेले सर्वत्रबाट दबाब आएको र आफूलाइ पूर्व अध्यक्षहरुको पनि आशीर्वाद रहेको दावी गर्दै आएपनि कपोलकल्पित र भोटर रिझाउने खेलमात्र भएको अध्यक्ष पदका अर्का प्रत्याशी रतन झाले दावी गरेका छन् । ।

झाले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।

“मैले उम्मेदवारी सार्वजनिक रुपमा घोषणा गरेको हूँ र अहिलेसम्म फिर्ता हुने कुनै सोच बनाएको छैन”, पूर्वमहासचिव झाले स्पष्ट पारे, “मैले उम्मेदवारी आफ्नालागिमात्र नभएर सम्पूर्ण गैर आवासीय नेपालीहरुका लागि दिएको हूँ ।”

घलेले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेको आशीर्वाद रहेको भनेर धेरै ठाँउमा बोल्दै आएकोमा गैर आवासीय नेपालीहरुमाझ पनि आश्चर्य व्यक्त हुने गरेको छ । घलेले विभिन्न देशको चुनावी दौडाहा पनि आफ्नो खर्चमा नगरेको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री