नेफ्टा अवार्डमा ‘मह जोडी’ले पाए ‘कला रत्न’ उपाधि

10450173_10152713033913695_5629016956293563435_n

काठमाडौँ, ८ असोज । नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित हुनुभएको छ ।

नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा बिहीबार कतारमा सम्पन्न ‘आठांँै नेफ्टा फिल्म अवार्ड’मा उहाँहरुलाई नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएकाले उक्त उपाधि प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महजोडीलाई एक कार्यक्रमका बीच सो उपाधि प्रदान गर्नुभयो ।

यसअघि यो उपाधिबाट नीर शाह, राजेश हमाललगायतका वरिष्ठ कलाकार सम्मानित भइसक्नु भएको छ । कार्यक्रममा कलाकारद्वय शाह र वसुन्धरा भुसालले कवितामार्फत देश दुखेको र बनेको कुरा सुनाउनुभएको थियो ।

नेपाली चलचित्रको विश्वव्यापीकरण गर्ने उद्देश्यले विदेशी भूमिमा ‘अवार्ड’ वितरण गरिएको प्राविधिक सङ्घका सदस्य गीता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री