रसियाली आक्रमण आइएसलक्षित– विदेशमन्त्री

Syria_Homs_smoke_3459782b-2

मस्को, १४ असोज । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले रसियाले सिरियामा आइएसलक्षित नै कारबाही थालेको जानकारी दिएका छन् । रसियाले सिरियामा बुधबारदेखि हावाई हमला सुरु गरेको छ । सो कारबाही त्यहाँका आइएसलक्षित नभएर अन्यत्र नै भएको आरोपका बीच विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।

यस भनाईपछि प्रतिक्रिया दिँदै विदेशमन्त्री लाभरोभले भने– हवाई कारबाही अन्यत्रै लक्षित भएको भन्ने भनाई गलत हो, यस्तो हुन सक्दैन ।  न्ययोर्कमा अमेरिकी विदेशमन्त्री जोन केरीसँगको भेटपछि उनले सो प्रतिक्रिया दिएका हुन् । उनले आफूलाई सो आक्रमणका बारेमा सबै सूचना रहेको र सो आक्रमण नागरिकमा कुनैपनि हालतमा लक्षित नरहेको पनि बताए ।

रसियाले सिरियामा थालेको हवाई कारबाहीबाट सर्वसाधारण नागरिकको हताहति भएको भन्ने हल्लापछि रसियाली विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो ।

उनले नागरिक हताहतिको बारेमा आफूलाई कुनै पनि सूचना नआएको र के कतिजना हताहत भए भन्ने बारेमा पनि केही थाहा नपाएको पनि बताए ।

सिरियाको स्वागत 

यसैबीच सिरियाली राष्ट्रपति बसार अल असादले रसियाले पनि सिरियामा आइएसका विरुद्धमा कारबाहीका लागि सैन्य सहयोग पठाउन गरेको निर्णयको स्वागत गरेका छन् ।

बुधबारै उनको कार्यालयले जनाएअनुसार सिरियाली राष्ट्रपतिद्वारा आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई नै सैन्य सहयोग पठाउन पत्राचार गरिएको जनाइएको छ ।

सिरियामा पनि पछिल्लो समयमा आइएसका क्रियाकलापहरु निकै बढ्दै गएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका अरु कैयैँ देशले सिरियामा हमलाका लागि रसियासँग आग्रह गरेका थिए ।

सो आग्रहपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको संसदसँग सो कारबाहीका लागि अनुमति मागेको थियो । सो अनुमतिको प्रस्तावलाई संसदले निर्विरोध पारित गरेसँगै उक्त कारबाही सुरु भएको हो ।

तर रसियाले स्थल सेना भने सिरियामा नजाने बताएको छ । रसियाले असादको बलियो सहयात्रीका रूपमा सिरियामा द्वन्द्व सुरु भएको सन् २०११ देखि नै सहयोग पुरयाउँदै आएको छ ।

सिरियाली द्वन्द्वमा परी दुई लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री