गोर्खा हिरोको चित्र भूकम्प पीडितको सहयोगार्थ

GetImage.ashx

लन्डन । कलाकार नोरिन डेन्जिलले बनाएको सार्जेन्ट दीपप्रसाद पुन (सिजिसी) को चित्र भूकम्प पीडितको सहयोगार्थ विक्री भएको छ । डेन्जिलले गत महिना उक्त चित्र हाल नेपालका भूकम्प पीडितको सहयोगमा केन्द्रित भइरहेको गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरेकी थिइन् । सो चित्र पुनको रेजिमेन्ट दि रोयल गोर्खा राइफल्स् ले लिएर ट्रष्टलाई दुई हजार पाउण्ड प्रदान गरेको छ । उक्त चित्र सोर्नक्लिफ, केन्टस्थित ब्यारेकमा झुण्ड्याइने छ ।

सार्जेन्ट पुनले सन् २०१० मा अफगानिस्तानमा युद्धका क्रममा बहादुरी प्रदर्शन गरेर बेलायतको दोश्रो उच्च पदक कन्सपिसिअस् ग्यालेन्टी क्रस 
(सिजिसी) प्राप्त गरेका थिए । सन् २०१५ मा ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइरहंदा सार्जेन्ट पुनको सहभागिता पनि चर्चामा छ । गत जुनमा उनी प्रिन्स ह्यारीसहित बेलायती राजपरिवारको समेत आकर्षणमा थिए ।

कलाकार डेन्जिलले यसै वर्षको प्रारम्भतिर युद्ध झल्कने चित्रकला प्रदर्शनी सोचिरहेका बेला सार्जेन्ट पुनको साहसिक कदम स्मरण गर्दै उनको चित्र कोर्ने अभिलासा लिएकी थिइन् ।

डेन्जिलले गोर्खा भेट्रानहरुलाई सहयोग गरिरहेकाले ट्रष्टलाई चित्र हस्तान्तरण गर्ने निर्णय गरेको बताएकी छिन् । उनलाई गोर्खा हिरोको चित्र बनाउन जति गर्व छ, उक्त चित्र सार्जेन्ट मेसमा झुण्डने भएर झन् बढि खुशी मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री