यायाेख्या युकेमा पुन: पदम राई

Kyc-uk

 

लन्डन । लन्डनको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा किरात राई यायोक्खा युकेको छैठौं अधिवेशन सम्पन्न भएको छ ।

यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा किराँत राई यायोक्खा केन्द्रिय कार्य समिति नेपालकी पूर्व अध्यक्ष श्रीमती सुमाया राई, विशेष अतिथिहरुमा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम बान्तवा र किराँत राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालको सहकोषाध्यक्ष अशोक राई थिए ।

प्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट कार्यक्रम थालनी गरिएको थियो । कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतका सचिब चन्द्रवती साम्पाङ्गले संन्चालन गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका उपाध्यक्ष चन्द्र राईले स्वागत मन्तव्य तथा निर्वतमान उपाध्यक्ष तथा माङ्खिम संयोजक  कल्पना राई र माङ्खिम निर्देशक मेजर योगेस राईले शुभकामना मन्तव्य साथै माङ्खिम तथा साकेला स्थलको परियोजनाको जानकारी दिनुभएकाे थियाे । त्यसैगरी मन्तव्यकै क्रममा किरात राई यायोक्खाको आफ्नै भूमिमा पहिलो पटक सम्पन्न ’एजुकेशन इन द पार्क’ का संयोजक माहा प्रसाद साम्पाङ्गले कार्यक्रम अत्यन्तै भव्य रुपमा सफल भएकोमा किरात राई यायोक्खा बेलायत लगायत सम्पूर्ण अभिभावक र सहयोगी हातहरुलाई  धन्यवाद टक्राएका थिए ।

संस्थाका कोषाध्यक्ष डम्बर राईले आर्थिक र महासचिव जितेन्द्र साम्पाङ्गले सांगठानिक प्रगति विवरण पेश गर्नु भएको थियो । अध्यक्ष पदम राईले क्षेत्रिय प्राकस अध्यक्षहरु लगायत माङखिम तथा साकेला स्थल  संयोजक कल्पना राई साथै उनको समिति, किराँत राई यायोक्खको पदाधिकारी सदस्यहरु, निर्देशक समिति र बेलायतबासी राईहरुलाई धन्यवाद प्रकट गर्दै समिति भंग गरी निर्वाचन समिति र विधान संशोधन समितिको घोषणा गर्नुभएको थियाे ।

दोश्रो सत्रमा क्षेत्रिय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सर्वसम्मतिले विधान पारित गरेपछि सोही विधानको आधारमा  निर्वाचन समितिको संयोजक पूर्व जिल्ला सभापति रत्न कुमार राईको नेतृत्वमा दुई समिति गठन भएको थियो । संवाद तथा सहमति समितिका प्रतिनिधिहरुमा रिटायर्ड क्याप्टेन अशोक राई,कलाकार संघ बेलायतका अध्यक्ष निर पुमा राई,शिवधन राई र जय प्रकाश राई हुनुहुन्थ्याे भने पर्यवेक्षक समितिमा एनआरएन बेलायतका उपाध्यक्ष मास्टर राष्ट्र राई,कानुनविद चण्डिका राई, नेपाली फिल्मी निर्माता दयासागर राई र नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका पूर्व महासचिव नरेश काङमाङ थिए ।
प्रत्याशीहरुबीच सहमति भएपछि अध्यक्ष पदमा पदम राई, उपाध्यक्ष पदमा चन्द्र बहादुर राई,  सुमन साम्पाङ्ग, दिवाकर साम्पाङ्ग र, महासचिव जितेन्द्र साम्पाङ्ग, सचिव चन्द्रवति साम्पाङ्ग र सनविर राई, कोषाध्यक्ष डम्बर राई चयन भएका छन् ।
सहकोषाध्यक्षमा निलम रुङ्माङ, सदस्यहरुमा दयासागर रुङ्माङ ,विनोद रुङ्माङ , भुमिराज रुङ्माङ, धनराज राई, धुब्र राई, पर्मिला राई,अनिता राई, मेजर भुपजित राई, मेजर दिलकुमार राई, धर्म केसर राई, देविराम राई, ईश्वर चन्द्र राई, हेम कुमार राई, योगेश राई, दिलिप राई र चुनिएका छन् ।

Kirat-Rai-6th-AGM

प्रतिक्रिया

सम्बन्धित सामाग्री