पोखरेलले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

560775_10151226677221683_939422384_n-1

लन्डन । आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशनमा स्वीट्जरल्याण्डका सुवास पोखरेलले युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए स्वीट्जरल्याण्डका निवर्तमान महासचिव पोखरेलले अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको महाधिवेशनमा उठ्ने घोषणा गरेका हुन् ।

लामो समयदेखि युरोपमा रहेका पोखरेलसंग गहिरो सांगठनिक अनुभव छ ।

स्वीडेन छंदा नेपाली सोसाइटी इन स्वीडेनका संस्थापक अध्यक्ष रहेका उनले बेल्जियममा नेपलिज डेमोक्रेटिक फोरम (एन डि एफ बेल्जियम) का संस्थापक महासचिव भएर काम गरे ।

त्यस्तै पोर्चुगलमा नेपलिज डेमोक्रेटिक फोरम पोर्चुगलको सल्लाहकार र सन् २००८ देखि २०११ सम्म एन आर एन ए पोर्चुगलको सल्लाहकार भए उनी । नर्वे पुगेपछि उनकै अध्यक्षतामा सन् २०१२ मा नेपलिज डेमोक्रेटिक फोरम, नर्वे गठन भएको थियो ।

सांढे तीनवर्ष अघि स्वीट्जरल्याण्ड आएपछि उनी एनआरएनए स्वीट्जरल्याण्डमा सन् २०१३ देखि सन् २०१५ कार्यकालका लागि महासचिव भए । स्वीट्जरल्याण्ड बसाईकै क्रममा सन् २०१४ मा उनले प्रवासी नेपाली मञ्चको अध्यक्ष भएर नेतृत्व सम्हाले ।

प्रवासमा लामो समयसम्म सुःख दुःखबीच काम गरेर सम्हालेको अनुभव समाजसेवा र सांगठनिक विस्तारका लागि खर्चने उनको अठोट छ । अहिलेसम्मको ज्ञान र सिपले त्यो भूमिकाका लागि योग्य बनाउंछ भनेर एनआरएनए युरोपको उपसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको पोखरेलले जनाए । प्रवासमा नेपालीको पहिलो पुस्ता भएकाले धेरै संघर्ष र वाधा व्यवधानबीच उनीहरुको पीर मर्कामा साथ दिन र सामाजिक हित एवं सांगठनिक भलाइका लागि काम 
गर्ने उद्देश्यले उम्मेदवारी दिएको पोखरेलले बताएका छन् ।

उनले एनआरएन विधानले विद्यार्थीलाई वञ्चित गरेकाले त्यसको व्यवस्था गर्न आफ्नो पहल रहने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री