सम्पर्कविहीन अल्ट्रालाइट विमानको खोजी तीव्र

पोखरा, २१ असोज । नागरिक उड्डयन कार्यालय पोखराले सम्पर्कविहीन अल्ट्रालाइट विमान कास्कीको सराङ्कोट पुग्दासम्म सम्पर्कमा रहेको जनाएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै सम्पर्कविहीन सो विमानको खोजीका लागि हेलिकोप्टर र नेपाल प्रहरी परिचालन गरिएको जनाउनुभएको छ ।

सो विमानका चालकमा रुसी नागरिक भ्यालोरी बुरटिन र यात्रुमा दक्षिण अफ्रिकाका एलिजावेथ वेल रहेको बताइएको छ । पोखरा अल्ट्रालाइन प्रालिले विगत केही वर्षदेखि यात्रुको दृश्यावलोकनका लागि अल्ट्रालाइट विमान उडाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री