प्रधानमन्त्री ओली आज बालुवाटार जाने

1444465065231_Pro-Ktm-UML PM (1)

भक्तपुर, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् ।

प्रधानमन्त्री भएपछि पनि उनी भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्री आज अपराह्न ५ बजे बालकोटबाट बालुवाटार बसाइँ सर्ने भएको बताए ।

आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री