भूकम्पबाट प्रभावित ग्रामीण सडकका लागि चार अर्ब

काठमाडौँ, २९ असोज । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा भूकम्पबाट प्रभावित ४५० किलोमिटर ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नति गर्ने भएको छ ।

भूकम्पबाट अति प्रभावित १२ जिल्लाका जम्मा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नतिका लागि विवरण सङ्कलन भइसकेको र यसका लागि रु चार अर्ब (४० मिलियन युएस डलर) उक्त बैंकले व्यहोर्ने सम्झौता भइसकेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले राससलाई जानकारी दिए ।

उनका अनुसार सो सडक मर्मत तथा स्तरोन्नति गर्नका लागि केन्द्रमा विभागका उपमहानिर्देशकको नेतृत्वमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्लास्तरमा स्थानीय विकास अधिकारीको नेतृत्वमा जिल्ला आयोजना कार्यान्वयन इकाइ गठन भइसकेको छ ।

सो कार्यका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाइसकिएकाले आगामी मङ्सीर महिनाबाट कार्य प्रारम्भ गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री