डार्टफोर्ड नेपलिज कम्युनिटीको शुभकामना सांझ शनिवार

12207743_10205977914461676_1872624864_n

कम्युनिटीको गत वर्षको कार्यक्रम

 

लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटीले विजयादशमी तथा दीपावली शुभकामना सांझ गर्ने भएको छ । आगामी ७ नोभेम्बर शनिवार सांझ नर्थवेष्ट केन्ट कलेज हल डार्टफोर्डमा कार्यक्रम हुन लागेको कम्युनिटी अध्यक्ष राजेश पाठकले जनाए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परीक्षामा उत्तिर्ण हुने वालवालिकालाई पुरस्कार वितरण र दशैंतिहार शुभकामना आदानप्रदान हुने कम्युनिटीले जनाएको छ ।
कार्यक्रममा स्थानीय सांसद, काउन्सिलरहरु, मेयर, उपमेयर लगायत नेपाली समाजका अगुवाहरुलाई निम्त्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री