दूतावासको अन्तिम ताकेताः एमआरपी बनाइहाल्नुस्

लन्डन । लन्डनस्थित नेपाली दूतावासले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) बनाउने समयसीमा अब धेरै नभएकाले जतिसक्दो छिटो बनाउन बेलायतस्थित नेपाली समुदायमा आग्रह गरेको छ । शुक्रवार एक सूचना मार्फत दूतावासले अन्तर्राष्टिय नागरिक उड्ययन प्राधिकरणको प्रावधान बमोजिम हस्तलिखित राहदानीको वहाल अवधि यही नोभेम्बर २४, २०१५ सम्म मात्र रहेको जनाउंदै त्यस अगावै एमआरपी आवेदन दिन सूचित गरेको हो ।

दूतावासले नोभेम्बर २४ पछिको वाध्यकारी नियमलाई मध्यनजर गर्दै असहज परिस्थितिको सामना गर्न नपरोस् भन्ने अभिप्रायले हस्तलिखित राहदानीवाहक नेपाली नागरिकलाई बनाइहाल्न ताकेता गरेको छ ।

समयमै एमआरपी बनाउन नसके विदेशमा अवैध हुन सक्ने चेतावनी समेत दूतावासले दिएको छ ।

duuu

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री